एक दर्जनभन्दा बढी गीतसहित एकल साँझमा थकाली

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
२९ पटक हेरिएको
Shares
एक दर्जनभन्दा बढी गीतसहित एकल साँझमा थकाली

सारांश

  • पोखरा, १६ वैशाख , पोखराका पुराना लोकप्रिय लोकदोहोेरी गायक वसन्त थकाली वसन्त रुविना फाउण्डेशनको आयोजनामा शनिबार पहिलो पटक एकल साँझमा झुल्किनुभएको छ ।
  • रत्न रेकर्डिङ संस्थानबाट प्रथम पटक रेकर्ड गरिएको गीत ‘घर त घर त पोखरा, तिम्रो पो सबै छन् मेरो को छर’ भन्ने गीतबाट साङ्गीतिक यात्रामा आफूलाई अगाडि बढाउनुभएका थकालीले एकल साँझमा उक्त गीतसँगै ‘जोमसोममाथिको ठिनी गाउँ’, ‘गाउँघरको झिल्के मत’, ‘बाँचुन्जेल जे छ हजुर’, ‘झल्को उही दिनको’, ‘मेरो देश नेपाल’ लगायत १३ वटा गीत गाउनुभयो ।
  • एकल साँझमा उभिइरहँदा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा ५०० जनाको हाराहारीमा दर्शक एवं स्रोताले उहाँलाई साथ दिएका थिए ।

पोखरा, १६ वैशाख , पोखराका पुराना लोकप्रिय लोकदोहोेरी गायक वसन्त थकाली वसन्त रुविना फाउण्डेशनको आयोजनामा शनिबार पहिलो पटक एकल साँझमा झुल्किनुभएको छ ।

रत्न रेकर्डिङ संस्थानबाट प्रथम पटक रेकर्ड गरिएको गीत ‘घर त घर त पोखरा, तिम्रो पो सबै छन् मेरो को छर’ भन्ने गीतबाट साङ्गीतिक यात्रामा आफूलाई अगाडि बढाउनुभएका थकालीले एकल साँझमा उक्त गीतसँगै ‘जोमसोममाथिको ठिनी गाउँ’, ‘गाउँघरको झिल्के मत’, ‘बाँचुन्जेल जे छ हजुर’, ‘झल्को उही दिनको’, ‘मेरो देश नेपाल’ लगायत १३ वटा गीत गाउनुभयो ।

एकल साँझमा उभिइरहँदा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा ५०० जनाको हाराहारीमा दर्शक एवं स्रोताले उहाँलाई साथ दिएका थिए ।

कार्यक्रमबाट संकलित रकमले फाउण्डेशनमार्फत सङ्गीत एकेडेमी सञ्चालन गरी यस क्षेत्रमा रुचि भएर पनि आर्थिक अभावका कारण अवसरबाट वञ्चित असहाय बालबालिकालाई सहयोग गरिने लक्ष्य लिइएको छ ।

पोखराको चर्चित साहारा क्लबका संस्थापक अध्यक्ष रहनुभएका थकाली खेल विधाका साथै विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील हुनुहुन्छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्तरिक हवाई भाडा बढ्यो, कुन रुटमा कति ?
आन्तरिक हवाई भाडा बढ्यो, कुन रुटमा कति ?
चुनावको मुखमा रोजगारीका लागि भारत जानेको लर्को
चुनावको मुखमा रोजगारीका लागि भारत जानेको लर्को
सरकार र सिके राउतबीचको सहमतिले देउवा खुशी
सरकार र सिके राउतबीचको सहमतिले देउवा खुशी
गोविन्द केसीकाे तर्फबाट पूर्वशर्त छाडेपछि सरकार र गोविन्द केसीसमुहबीच वार्ता सुरू , के थियाे पुर्वशर्त ?
मन्त्रिपरिषदको बैठक ५ बजे बस्दै
मन्त्रिपरिषदको बैठक ५ बजे बस्दै
नेइमारपछिको विश्वकै दोस्रो महंगो खेलाडी कोटिन्हो
नेइमारपछिको विश्वकै दोस्रो महंगो खेलाडी कोटिन्हो
पाँचौं रमपम उदयपुर गोल्डकप थ्रीस्टारलाई, मनाङ मस्र्याङ्दीलाई १–० ले पछि पार्दै उपाधिमा कब्जा
पाँचौं रमपम उदयपुर गोल्डकप थ्रीस्टारलाई, मनाङ मस्र्याङ्दीलाई १–० ले पछि पार्दै उपाधिमा कब्जा
वर्षाका कारण औद्योगिक क्षेत्र जलमग्न !
वर्षाका कारण औद्योगिक क्षेत्र जलमग्न !
रियल म्याड्रिडले जित्यो स्पेनिस सुपर कोपाको उपाधि
रियल म्याड्रिडले जित्यो स्पेनिस सुपर कोपाको उपाधि
राजसंस्था, हिन्दुराष्ट्र पक्षधर बिच मोर्चा निर्माण आबश्यकः कमल थापा

तपाईंले छुटाउनुभयो कि?