‘प्रहरीको एउटा गल्तीले संगठनको मूल्यांकन गर्नुहुन्न’
सारांश
- काठमाडौं ।
- महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी र नागरीकको सहकार्यलेनै सुरक्षालाई थप मजबुत बनाउन सकिने बताएका छन् ।
- महानगरीय प्रहरी प्रभाग, बालकोट भक्तपुरको नव निर्मित कार्यालय भवनको बुधबार उदघाटन गर्दै प्रहरी नायव महानिरीक्षक क्षेत्रीले प्रहरीले गरेका ९० प्रतिशत सफलता बाहिर नआउने तर प्रहरीको एउटा गल्तीलेनै समग्र प्रहरी संगठनको मुल्याकन गर्ने परीपाटी रहेको बताए ।
काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी र नागरीकको सहकार्यलेनै सुरक्षालाई थप मजबुत बनाउन सकिने बताएका छन् ।
महानगरीय प्रहरी प्रभाग, बालकोट भक्तपुरको नव निर्मित कार्यालय भवनको बुधबार उदघाटन गर्दै प्रहरी नायव महानिरीक्षक क्षेत्रीले प्रहरीले गरेका ९० प्रतिशत सफलता बाहिर नआउने तर प्रहरीको एउटा गल्तीलेनै समग्र प्रहरी संगठनको मुल्याकन गर्ने परीपाटी रहेको बताए । यस्तो परिपाटीको अन्त्य गर्दै प्रहरीले गरेका राम्रो कामहलाई समाजले मुल्याकन गर्नु पर्ने बताए ।
भौतिक स्रोत साधनको अभावको कमी हुँदा पनि शान्ति सुरक्षा प्रदान गर्दै राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गरेको चर्चा गरे ।
जिम्मेवारी निर्वाह गर्ने क्रममा साना गल्ती नगरी नया भवनबाट अझ उत्कृष्ट सेवा दिन प्रहरी कर्मचारीलाई निर्देशन दिए । भवन २ करोड २६ लाख २६ हजार ४९ रूपैया ५७ पैसामा निर्माण कार्य सम्पन्न गराइएको थियो ।
प्रतिक्रिया