जिसस इलाममा एमाले विजयी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३१, २०७४
|
|
२४ पटक हेरिएको
Shares
जिसस इलाममा एमाले विजयी

सारांश

  • जिल्ला समन्वय समितिको आज भएको निर्वाचनमा नेकपा (एमाले) को पूरै समूह विजयी भएको छ ।
  • सोअनुसार जिसस प्रमुखमा एमालेका गणेशप्रसाद बरालले नेपाली काँग्रेसका केशव खत्रीलाई पराजित गरेका छन् ।
  • उपप्रमुखमा एमालेकै चित्रकला बराइली काँग्रेसकी वसन्ती घतानीलाई पराजित गरी विजयी भएका छन्।

जिल्ला समन्वय समितिको आज भएको निर्वाचनमा नेकपा (एमाले) को पूरै समूह विजयी भएको छ ।

सोअनुसार जिसस प्रमुखमा एमालेका गणेशप्रसाद बरालले नेपाली काँग्रेसका केशव खत्रीलाई पराजित गरेका छन् । उपप्रमुखमा एमालेकै चित्रकला बराइली काँग्रेसकी वसन्ती घतानीलाई पराजित गरी विजयी भएका छन्।

एमालेका सबै उम्मेदवारले १६/१६ र काँग्रेसका उम्मेदवारले चार/चार मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले बताए । जिसस सदस्यमा पूर्णबहादुर बस्नेत, चन्द्रबहादुर मगर, निरूमाया राई, उमाकान्त विश्वकर्मा, रत्नबहादुर अधिकारी, ज्याजिमा तामाङ र हिमकला बस्नेत निर्वाचित भएका छन्  । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?