पोखरीमा डुबेर दुई जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
पोखरीमा डुबेर दुई जनाको मृत्यु

सारांश

  • सप्तरी ।
  • पोखरीमा डुबेर सप्तरीमा दुई जनाको मृत्यु भएको छ ।
  • महादेवा गाउँपालिका–१ मा रहेको पोखरीमा डुबेर स्थानीय १५ वर्षीया पुनिता सदाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, हनुमाननगरले जनाएको छ ।

सप्तरी । पोखरीमा डुबेर सप्तरीमा दुई जनाको मृत्यु भएको छ । महादेवा गाउँपालिका–१ मा रहेको पोखरीमा डुबेर स्थानीय १५ वर्षीया पुनिता सदाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, हनुमाननगरले जनाएको छ । सदा पोखरीमा नुहाउन गएकी थिइन् ।

त्यसैगरी सप्तरी कञ्चनरुप नगरपालिका–१मा रहेको पोखरीमा डुबेर २ वर्षीय अर्जुन मण्डलको मृत्यु भएको छ । भारत घर भएका उनी ठूलो बुबाको घर आएको बेला पोखरीमा खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?