अनुसन्धानको दाबी : लाम्चोभन्दा चौडा अनुहार हुनेहरु बढी आक्रामक

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २६, २०७९
|
|
३६ पटक हेरिएको
Shares
अनुसन्धानको दाबी : लाम्चोभन्दा चौडा अनुहार हुनेहरु बढी आक्रामक

सारांश

  • कसैको अनुहारको आकार हेरेर उसको स्वभावबारे अनुमान लगाउन सकिन्छ ?
  • युनिभर्सिटी अफ न्यू साउथ वेल्सका अनुसन्धाताले नयाँ शोधमा यस्तो सम्भव भएको दाबी गरेका छन् ।
  • अनुुसन्धाताका अनुसार चौडा अनुहार भएका मानिसहरु लाम्चो अनुहार भएकाहरुको तुलनामा स्वभावले बढी आक्रामक हुन्छन् ।

कसैको अनुहारको आकार हेरेर उसको स्वभावबारे अनुमान लगाउन सकिन्छ ? युनिभर्सिटी अफ न्यू साउथ वेल्सका अनुसन्धाताले नयाँ शोधमा यस्तो सम्भव भएको दाबी गरेका छन् । अनुुसन्धाताका अनुसार चौडा अनुहार भएका मानिसहरु लाम्चो अनुहार भएकाहरुको तुलनामा स्वभावले बढी आक्रामक हुन्छन् ।

पासपोर्ट साइज फोटोमाथि भयो अनुसन्धानः

अनुसन्धानका बेला ६ देखि ९३ वर्षका १७ हजारभन्दा बढी महिला–पुरुषको पासपोर्ट आकारको फोटोबाट उनीहरुको अनुहारको चौडाई र लम्बाईको अनुपात निकालियो । यी मानिसहरुबाट आक्रामकताको आधारमा प्रतिक्रिया लिइएको थियो । जो व्यक्तिमा यो अनुपात बढी थियो, उनीहरुलाई धेरै आक्रामक मानियो । यस्तै जसमा यो अनुपात कम थियो, उनीहरु कम आक्रामक थिए । कम अनुपात भएका मानिसहरु ती थिए जसको अनुहारको आकार लाम्चो थियो ।

युवा पुरुष र ४० नाघेका महिला बढी आक्रामकः

२७ देखि ४० वर्षसम्मका पुरुषको अनुहारको चौडाई, लम्बाईको तुलनामा बढी हुन्छ । यस्तै, योभन्दा ठिक विपरित ४० वर्षभन्दा बढी उमेर भएका महिलामा यो अनुपात बढी निस्कियो । अनुसन्धानका अनुसार युवा पुरुषको चौडा अनुहारलाई बढी आक्रामकता मान्नुको पछाडि शारीरिक मजबुतीको संकेत पनि हुनसक्छ ।

धेरै फेसियल विड्थ टु हाइट रेस्यो एफडब्ल्यूएचआर) को साथ अघिल्लो अध्ययनहरुले पनि पत्ता लगाएका छ । यसमा धेरै एफडब्ल्यूएचआर भएका मानिस घरेलु हिंसाको मामिलामा संलग्न हुने आशंका बढी हुन्छ बताइएको छ । यस्ता अनुहारलाई पुरुषत्वसँग जोडेर पनि हेरिन्छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“सायद -२” रिलिजको उल्टागन्ति सुरु, चोक-बजार सबैतिर छ्याप्छ्याप्ती (भिडियो सहित)
“सायद -२” रिलिजको उल्टागन्ति सुरु, चोक-बजार सबैतिर छ्याप्छ्याप्ती (भिडियो सहित)
फेवातालमा पर्यटक सुरक्षाका लागि प्रहरीको आकस्मिक एक्सनः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक पक्राउ
फेवातालमा पर्यटक सुरक्षाका लागि प्रहरीको आकस्मिक एक्सनः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक पक्राउ
प्रधानमन्त्रीलाई हटाउन खोज्ने प्रयास पानीको फोकाजस्तैं फुट्छ : अधिकारी
प्रधानमन्त्रीलाई हटाउन खोज्ने प्रयास पानीको फोकाजस्तैं फुट्छ : अधिकारी
ट्रम्पको घोषणापछि सिरियामा अमेरिका, ब्रिटेन र फ्रान्सद्वारा हमला सुरु
ट्रम्पको घोषणापछि सिरियामा अमेरिका, ब्रिटेन र फ्रान्सद्वारा हमला सुरु
गण्डकी विकास बैंक लि .Best Managed Development Bank Award वाट सम्मानित
गण्डकी विकास बैंक लि .Best Managed Development Bank Award वाट सम्मानित
भीम रावल फेरिएको देख्दा सबै अचम्मित, किन ओलीको प्रशंसा मात्रै गर्न थाले ?
भीम रावल फेरिएको देख्दा सबै अचम्मित, किन ओलीको प्रशंसा मात्रै गर्न थाले ?
चक्काजाम गरे ३ वर्ष जेल, मसाल जुलुस गरे ६ महिना जेल : नयाँ कानुन
चक्काजाम गरे ३ वर्ष जेल, मसाल जुलुस गरे ६ महिना जेल : नयाँ कानुन
लोमान्थाङमा बस्यो नेपाली सेनाको क्याम्प
लोमान्थाङमा बस्यो नेपाली सेनाको क्याम्प
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द
अमेरिकालाई भड्किला कार्यहरु रोक्न चीनको आग्रह !
अमेरिकालाई भड्किला कार्यहरु रोक्न चीनको आग्रह !