‘औषधि’ खुवाएर अटोभित्रै बलात्कार

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २२, २०७६
|
|
२१ पटक हेरिएको
Shares
‘औषधि’ खुवाएर अटोभित्रै बलात्कार

सारांश

  • सुर्खेत, माघ २२ ।
  • वीरेन्द्रनगरमा एक किशोरीमाथि बलात्कार भयो।
  • ती किशोरी अशक्त थिइन्।

सुर्खेत, माघ २२ । वीरेन्द्रनगरमा एक किशोरीमाथि बलात्कार भयो। ती किशोरी अशक्त थिइन्। अटोरिक्सामा चढेकी उनलाई चालकले यात्राकै क्रममा पानी खान दिए। पानी खाएपछि किशोरी बेहोस भइन्। अटोभित्रै चालकले बलात्कार गरे।

पुस ९ गतेको यो घटनामा गस्तीमा रहेको प्रहरीले देखेपछि किशोरीको उद्धार गर्‍यो। अटोचालक अम्बरबहादुर विकलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलायो। अनुसन्धानका क्रममा बेहोस हुने औषधि खुवाएर किशोरीमाथि बलात्कार भएको प्रहरी अनुसन्धानले पनि पुष्टि गरेको छ।

सुर्खेतको पश्चिममा पर्ने चौकुने गाउँपालिकामा एक युवतीमाथि सामूहिक बलात्कार भयो। पीडित युवती बिरामी थिइन्। उनलाई पनि स्थानीय नवीन सलामी र सुरेश पुरीले ज्वरोको औषधि भन्दै यौन उत्तेजना बढाउने औषधि दिए। सेवनपछि उनलाई सामूहिक बलात्कार गरियो। गत साउनमा भएको यो घटनामा प्रहरीले दुईलाई पक्राउ गरेको थियो। औषधि खुवाएर बलात्कार गरिएको यो घटना पनि प्रहरीमा दर्ता भएको छ।

गत असोजमा आफूमाथि सामूहिक बलात्कार भएको भन्दै ११ वर्षीया बालिकाले प्रहरीमा उजुरी दर्ता गरिन्। प्रहरीले घटनामा संलग्न भएको आरोपमा आठ जनालाई पक्राउ गरेर मुद्दा चलायो। घटनाका दुई आरोपित अहिले पनि फरार छन्। प्रहरीलाई दिएको उजुरीमा पीडित बालिकाले आफूलाई अटोमा लिएर चालकले नै सामूहिक बलात्कार गराएको उल्लेख गरेकी छन्। यो घटनामा पनि बालिकालाई प्रलोभनमा पारेर बलात्कार भएको प्रहरीको अनुसन्धानले देखाएको छ।

उल्लेखित घटना जिल्लामा भएका बलात्कारका प्रतिनिधिमूलक घटना हुन्। बढ्दो सहरीकरण र आर्थिक प्रलोभनका कारण जिल्लामा बलात्कारका घटना बढ्दै गएको प्रहरी अनुसन्धानले देखाएको आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
घुस लिँदै गर्दा धनगढीका सहायक वन अधिकृत पक्राउ
घुस लिँदै गर्दा धनगढीका सहायक वन अधिकृत पक्राउ
आज लोकतन्त्र दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै
आज लोकतन्त्र दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै
सूचना दिनुहोस २५० पुरस्कार लिनुहोस !
सूचना दिनुहोस २५० पुरस्कार लिनुहोस !
इन्जिनियरिङ कलेज ‘बी’ लाई ९ विकेट र ग्लोबलले नेपाल इन्जिनियरिङ ‘ए’ टिमलाई १० विकेटले पराजित गरे
इन्जिनियरिङ कलेज ‘बी’ लाई ९ विकेट र ग्लोबलले नेपाल इन्जिनियरिङ ‘ए’ टिमलाई १० विकेटले पराजित गरे
आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्रि गरिने
आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्रि गरिने
कास्की २ को उपनिर्वाचनमा बामदेव गौतमकी रविन्द्र अधिकारी पत्नी विद्या उम्मेदवार ?
कास्की २ को उपनिर्वाचनमा बामदेव गौतमकी रविन्द्र अधिकारी पत्नी विद्या उम्मेदवार ?
डा केसी हेलिकोप्टर चढ्ने बित्तिकै नारायणकाजी श्रेष्ठले गरे यस्ताे  ट्वीट
डा केसी हेलिकोप्टर चढ्ने बित्तिकै नारायणकाजी श्रेष्ठले गरे यस्ताे ट्वीट
कक्षा १० को अन्तिम परीक्षा एसइइ आजदेखि शुरु, ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै
कक्षा १० को अन्तिम परीक्षा एसइइ आजदेखि शुरु, ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै
हिमालय एअरलाइन्स र अर्थोपेडिक अस्पतालबीच सहकार्य
हिमालय एअरलाइन्स र अर्थोपेडिक अस्पतालबीच सहकार्य

तपाईंले छुटाउनुभयो कि?