सरकारले सचिवमा बढुवा र सरुवा एकैसाथ गर्यो, को कहाँ!
सारांश
- काठमाडौं ।
- सरकारले चारजनालाई विशिष्ट श्रेणीमा बढुवा गरेको छ ।
- बुधबार साँझ बसेको मन्त्रिपरिषद वैठकले सचिवमा बढुवा सहित सरुवा समेत गरेको छ ।
काठमाडौं । सरकारले चारजनालाई विशिष्ट श्रेणीमा बढुवा गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद वैठकले सचिवमा बढुवा सहित सरुवा समेत गरेको छ ।
बैठकले प्रदेश नं ५ का कामु प्रमुख सचिव तीर्थराज ढकाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव आनन्दराज ढकाल र गृहमन्त्रालयका सहसचिव केदार न्यौपानेलाई विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा हुनुभएका तीर्थराज ढकाललाई प्रदेश ५, आनन्दराज ढकाललाई प्रदेश ३ र केदार न्यौपानेलाई प्रदेश १ को प्रमुख सचिवमा पदस्थापन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
त्यस्तै प्रदेश ३ का प्रमुख सचिव रश्मिराज पाण्डेलाई प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरेको छ । नेपाल लेखापरीक्षण सेवाको विशिष्ठ श्रेणीको पदमा राममाया कुँवरलाई बढुवा गरिएको छ ।
प्रतिक्रिया