केपी ओलीको नयाँ मन्त्रिमण्डलमा युवाको वर्चश्व हुने संकेत, हेर्नुहोस् यी हुन् संभावित मन्त्रीहरु !
सारांश
- प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनमा स्पष्ट बहुमत पाएको नेकपा एमाले तथा माओवादी केन्दले सरकार विस्तारको प्रक्रियालाई अगाडि बढाएका छन् ।
- पार्टी एकतासंगै मन्त्रीमण्डलको विस्तारमा लागेका एमाले तथा माओवादी केन्द्रको संयुक्त सरकारमा पुग्ने संभावीत व्यक्तिहरुको चर्चा चुलिएको छ ।
- यसैविच बामगठबन्धनको तर्फबाट प्रतिनिधी सभामा निर्वाचित भएका तथा लामोसमय पार्टीमा रही राजनीतिक योगादान गर्दै आएका यी व्यक्तिहरु भावी मन्त्रीको सुचीमा अटाएका छन् ।
प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनमा स्पष्ट बहुमत पाएको नेकपा एमाले तथा माओवादी केन्दले सरकार विस्तारको प्रक्रियालाई अगाडि बढाएका छन् । पार्टी एकतासंगै मन्त्रीमण्डलको विस्तारमा लागेका एमाले तथा माओवादी केन्द्रको संयुक्त सरकारमा पुग्ने संभावीत व्यक्तिहरुको चर्चा चुलिएको छ । यसैविच बामगठबन्धनको तर्फबाट प्रतिनिधी सभामा निर्वाचित भएका तथा लामोसमय पार्टीमा रही राजनीतिक योगादान गर्दै आएका यी व्यक्तिहरु भावी मन्त्रीको सुचीमा अटाएका छन् । नेकपा एमालेका एक उच्च नेताले अनलाईन पानालाई बताए अनुसार एमालेको तर्फबाट मन्त्रीको सुचीमा रहेका व्यक्तिहरु यसप्रकार छन् ।
प्रचारमा अब्बल योगेश मन्त्रीको सुचीमा
नेकपा एमालेको प्रचार विभाग प्रमुख सम्हाल्दै पार्टीलाई अब्बल तुल्याउन सफल बनेका युवा नेता योगेश भट्टराई प्रतिनिधिसभामा सदस्य निर्वाचनमा ताप्लेजुङबाट विजयी भएका हुन् । प्रतिनिधिसभामा प्रतिस्पर्धी मानिएका काँग्रेसका केसवप्रसाद दाहाललाई १२ हजार ५ सय ९१ मत अन्तरले पराजित गर्दै भट्टराई विजयी भएका हुन् । भट्टराईले २९ हजार ४ सय ७९ र पराजित कांग्रेस उम्मेदवार दाहालको १६ हजार ८ सय ८८ मत प्राप्त गरेका थिए । एमालेका सचिवसमेत रहेका भट्टराई यस पटक वाम गठबन्धनबाट ताप्लेजुङमा प्रतिनिधिसभाको उम्मेदवार बनेका हुन् । एमालेका सक्रिय युवा नेता मानिएका भट्टराई पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने मन्त्रीमण्डलमा सुचना तथा संचारमन्त्री बन्ने करिब पक्का भएको छ ।
भानुभक्त ढकाल पनि मन्त्रीको लाईनमा
मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभामा निर्वाचित भएका एमालेका पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल पनि मन्त्रीको लाईनमा छन् । उनी नेकपा एमालेका मुख्य सचेतक हुन् । बामगठबन्धनको तर्फबाट उम्मेदवार बनी नेपाली कांग्रेसका सुनील शर्मालाई १९०६ मत पछि पारेका ढकाल ४२ हजार ४ सय १३ मत ल्याई विजयी भएका हुन् । काँग्रेसका शर्माले भने ४० हजार ५ सय ६ मत प्राप्त गरेका थिए ।
प्रभावशाली नेतृ पदमा अर्यालको यस्तो छ संभावना
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुलुकभरिबाटै निर्वाचित भएका पाँच महिला उम्मेदवारमध्ये एमालेकी प्रभावशाली नेतृ
पदमा अर्याल मन्त्रीकै प्रत्यासी हुन् । उनले वाहालवाला उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई करिब चार हजार मतान्तर पछि पारेकी हुन् । उनी पनि ओली नेतृत्वको मन्त्रीमण्डलमा अटाउने एक प्रभावशाली महिलाको रुपमा हेरिएको छ । अर्याल स्याङ्जाको क्षेत्र नम्बर दुईबाट निर्वाचित भएकी हुन् ।
विकासप्रेमी युवा नेता रविन्द्र अधिकारी पनि भावी मन्त्रीका प्रत्यासी
कास्की क्षेत्र नम्बर २ मा बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका रविन्द्र प्रसाद अधिकारी भावी मन्त्रीको सुचीमा रहेका छन् । अधिकारीले ८ हजार ५४६ मतान्तरसहित नेपाली काँग्रेसका उम्मेदवार देवराज चालिसेलाई पराजित गरेका हुन् । उनी २७ हजार २०७ मतका साथ विजयी बनेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका चालिसेले १८ हजार ६६१ मत प्राप्त गरेका थिए ।यसअघि लगातार २ पटक संविधानसभा चुनावमा विजयी भईसकेका अधिकारी यसपटक पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
ईमान्दारी नेता लालबाबु पण्डित पनि मन्त्रीको लिस्टमा
ईमान्दार तथा कुशल नेताको रुपमा परिचित लालबाबु पण्डित एमालेको तर्फबाट भावी मन्त्रीको सुचीमा पर्ने अर्का व्यक्तित्व हुन् । साामान्य प्रशासन मन्त्री हुँदा पण्डितले डीभी र पीआराधारी सरकारी कर्मचारी सेवामा बसिरहन नपाउने कानून पारित गराएका थिए । जसकारण सयौं सरकारी कर्मचारीहरुले जागिर गुमाउनुपरेको थियो । पण्डितले बनाएको कानूनअनुसार सरकारी सेवामा रहेका कर्मचारीहरुले डीभी भर्न पनि नपाउने र पीआर लिन पनि नपाउने व्यवस्था छ । साईकलमा यात्रा गर्र्दै हिड्ने यी नेतालाई नेपाली काँग्रेसकी नेतृ सुजता कोईरालाले समेत प्रतिनिधी सभा निर्वाचनमा समर्थन गरेकी थिईन् ।
भावी मन्त्रीमण्डलमा अटाउने अर्का प्रभावशाली व्यक्तित्वको रुपमा पण्डित पहिलो सुचिमा छन् । पण्डित मोरङ क्षेत्र नम्बर ६ बाट एमाले उम्मेदवार लालबाबु पण्डित प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।उनले कांग्रेस नेता शेखर कोइरालालाई ६ सय ७५ मतान्तरमा पराजित गरेका हुन् ।पण्डितले ३३ हजार ९ सय ४१ मत पाए भने कोइरालाले ३३ हजार २ सय ६६ मत पाएका थिए ।
मोरङ ३ मा पनि एमाले उम्मेदवार भानुभक्त ढकाल विजयी भएका छन् ।
अर्का विकासप्रेमी युवानेता महेश बस्नेत, जो अटाए भावी मन्त्रीको सुचीमा
नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई १७ हजार सात सय २५ मतान्तरले हराउँदै प्रतिनीधी सभाको सदस्य निर्वाचनमा भक्तपुर २ बाट विजयी भएका महेश बस्नेत भावी मन्त्रीको सुचीमा रहेका छन् । विजयी पूर्वउद्योगमन्त्री बस्नेतले ३६ हजार चार सय १२ मत ल्याउँदा उनका प्रतिस्पर्धी पूर्वसभामुख ढुंगानाले १८ हजार ६ सय ८७ मतमै चित्त बुझाउनु परेको थियो ।
त्यस्तैमाओवादी केन्द्रको तफृबाट मन्त्रीको संभावना बोेकेका नेताहरु लिस्ट यस्तो छ ।
काँग्रेस सभापति शेर बहादुर देउवाले बाम गठबन्धनले ल्याएको जनादेशको अवमुल्यन गर्दै सरकार छाड्न आनाकानि गरिरहेका बेला माओवादी केन्द्रले भने गोप्य रुपले मन्त्रि बन्नेहरुको नाम लिष्टिङ गरेको छ ।काँग्रेस सभापति शेर बहादुर देउवाले बाम गठबन्धनले ल्याएको जनादेशको अवमुल्यन गर्दै सरकार छाड्न आनाकानि गरिरहेका बेला माओवादी केन्द्रले भने गोप्य रुपले मन्त्री बन्नेहरुको नाम लिष्टिङ गरेको छ ।
माओवादीमा मन्त्रि बन्न कनिष्ठदेखि बरिष्ठ नेतासम्म सम्म चलखेलमा लागेका हुन् । निर्वाचन सकिए लगतै काठमाडौं आएका दलका नेताहरु मन्त्री बन्ने लाईनमा बाम गठबन्धनका दुई ठुला नेताहरुको अगाडि पछाडि दगुरि राखेका हुन् ।एमाले अध्यक्ष केपी ओली नेतृत्वमा बन्ने सरकारमा पार्टीका सिनियर क्षमतावानलाई मात्र मन्त्रि बनाउने सोचमा अध्यक्ष पुष्पकमल दाहाल छन् ।
माओवादी उच्च स्रोतका अनुसार नेता बर्षमान पुनको नेतृत्वमा सरकारमा जाने सम्भावना बढी छ । पुन प्रचण्डका विश्वासपात्र मानिन्छन् । पुन रोल्पा बाट निर्वाचि भएका हुन् ।जनार्दन शर्मा र टोपबहादुर रायमाझी समेत पार्टीको तफेबाट सरकारको नेर्तत्व लिन चाहेका छन् ।
ओली सरकारमा जनार्दन शर्मा, बर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल, मातृका यादव र शक्ति बस्नेत मन्त्री बन्ने करिब करिब पक्का पक्किजस्तै छ ।यस पटक महरा चुपचाप छन् उनका आँखा मन्त्री भन्दा पनि सभामुखको सिट तर्फ बढि केन्द्रित छन् ।
तर प्रदेश नम्बर ७ बाट माओवादी केन्द्रको लिष्टमा लेखराज भट्टको नाम परेको छैन् । भट्ट स्रोतका अनुसार यो लिष्ट आघिकारिक नभएकाले आत्तिनु पर्ने अवस्था नरहेको बताउछन् । बाम गठबन्धनबाट मन्त्री बन्नकालागि विबाद नहुने भट्ट स्रोतको बुझाई छ ।
बाम गठबन्धन बाट लेखराज भट्टलाई प्रदेशका हिसाबले गृहमन्त्री दिनुपर्न माओवादी केन्द्रका केन्द्रिय सदस्य पदम राज जोशि लगायतको बलियो समर्थन रहेको छ । यो सँगै सामाजिक सन्जालमा उनका समर्थकहरुले लेखराज भट्ट गृह मन्त्री हुनुपर्न धारणा साबर्जनिक गरिरहेका छन् ।







Dila Ram Bastola
Good
Yubaraj Subedi Dhan
very good.