कांग्रेसभित्रको विवाद उत्कर्षमा
सारांश
- काठमाडौं।
- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ।
- उपनिर्वाचनको उम्मेद्वार चयन गर्न बिहीबार बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक विवादका कारण बस्न सकेन।
काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ। उपनिर्वाचनको उम्मेद्वार चयन गर्न बिहीबार बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक विवादका कारण बस्न सकेन। कांग्रेसमा विभाग गठन गर्ने विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कुरा नमिलेपछि बैठक नै प्रभावित बनेको हो।
सभापति देउवाले विभाग गठन गर्ने तयारी गरेपछि पौडेल पक्षधरले विरोध गर्दै आएका छन्। सभापति देउवाले पौडेल समक्ष विभाग थप गर्ने प्रस्ताव राखेका थिए। तर पौडेल सहमत नभएपछि बैठक १४ गतेसम्मका लागि स्थगित भएको छ। सहमतिमा विभाग थप गर्न पौडेल सहमत नभएपछि देउवाले बहुमतको आधारमा विभाग थप गर्ने तयारी गरेपछि पौडेल बैठकमा सहभागी नभएका हुन्। पछिल्लो समय कांग्रेसभित्र देउवाले बहुमतको आधारमा निर्णय गर्न थाले
प्रतिक्रिया