सांसद विकास कोषको ६७ जिल्लाको रकम रोक्का

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
३४ पटक हेरिएको
Shares
सांसद विकास कोषको ६७ जिल्लाको रकम रोक्का

सारांश

  • मुलुकका ६७ जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम रोक्का भइसकेको छ ।
  • निर्वाचन आयोगले यही कात्तिक १२ गते सांसद विकास कोषका नाममा स्वीकृत सबै योजना, परियोजना, आयोजना तथा कार्यक्रमहरु रद्द गर्ने निर्णय गरेको थियो ।
  • निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार प्रदेश नं १ का १४, प्रदेश नं २ का ७, प्रदेश नं ३ का १३, प्रदेश नं ४ का १०, प्रदेश नं ५ का आठ, प्रदेश नं ६ का आठ र प्रदेश नं ७ का सात जिल्लाको रकम निकासा रोक्का भएको छ ।

मुलुकका ६७ जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम रोक्का भइसकेको छ ।

निर्वाचन आयोगले यही कात्तिक १२ गते सांसद विकास कोषका नाममा स्वीकृत सबै योजना, परियोजना, आयोजना तथा कार्यक्रमहरु रद्द गर्ने निर्णय गरेको थियो ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार प्रदेश नं १ का १४, प्रदेश नं २ का ७, प्रदेश नं ३ का १३, प्रदेश नं ४ का १०, प्रदेश नं ५ का आठ, प्रदेश नं ६ का आठ र प्रदेश नं ७ का सात जिल्लाको रकम निकासा रोक्का भएको छ ।

रौतहट, कास्की, रुपन्देही, रुकुम पश्चिम, कालीकोट, अछाम र बैतडी जिल्लाको मात्र उक्त कार्यक्रमका लागि योजना पारित भएको तर रकम निकासा नभएको रु ८५ करोड रकम रोक्का भएको सूचना सोमबार साँझ आयोगमा प्राप्त भएको छ ।

व्यवस्थापिका–संसद् नरहेको अवस्थामा सांसदले गर्ने काम भूतपूर्व सांसदले गर्न नसक्ने ठहर गर्दै आयोगले विशेष निर्णय गरी सांसद विकास कोषका नाममा स्वीकृत सबै योजना तथा कार्यक्रमहरु रद्द गर्ने निर्णय गरेको हो ।

सांसद विकास कोषका रद्द गरिएका योजना, आयोजना र कार्यक्रमहरुको बजेट रोक्का राखी त्यससम्बन्धी प्रतिवेदन सोमबार नै आयोगमा पठाउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैशाख ११ गतेको राशिफल कस्तो छ ? थाहा पाउनुस्
प्रधानमन्त्री नियुक्त भएपछि बालेन आफैँले मन्त्री छनोट गर्नुहुन्छ, भनसुनमा नलाग्दा हुन्छः नेता शाह
प्रधानमन्त्री नियुक्त भएपछि बालेन आफैँले मन्त्री छनोट गर्नुहुन्छ, भनसुनमा नलाग्दा हुन्छः नेता शाह
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
प्रेस चौतारी र  प्रेस सेन्टरको एकतापछि प्रेस संगठन नेपाल !
प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि प्रेस संगठन नेपाल !
केन्याविरुद्धको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालद्वारा क्लिन स्विप
केन्याविरुद्धको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालद्वारा क्लिन स्विप
नगरपालिकाबाट कृषि सामग्री पाएपछि मटिहानीका किसान उत्साहित
नगरपालिकाबाट कृषि सामग्री पाएपछि मटिहानीका किसान उत्साहित
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, कारोबार रकम  तीन अर्ब चार करोडभन्दा माथि
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, कारोबार रकम तीन अर्ब चार करोडभन्दा माथि
अर्थमन्त्री खतिवडालाई ओली आफैले यसकारण छाने…
तुलसीपुर कारागारमा जबर्जस्ती करणीका कैदी धेरै
तुलसीपुर कारागारमा जबर्जस्ती करणीका कैदी धेरै
आम्दानीको स्रोत जडीबुटी
आम्दानीको स्रोत जडीबुटी

तपाईंले छुटाउनुभयो कि?