काङ्ग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २२, २०७६
|
|
३२ पटक हेरिएको
Shares
काङ्ग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

सारांश

  • काठमाडौँ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले श्रम, समाज कल्याण तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित लाखौँ नेपाली युवा रोजगारीका लागि मलेसिया जानबाट वञ्चित भएको विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ।
  • काङ्ग्रेसले लाखौँ नेपाली युवाको गन्तव्यको रुपमा रहेको मलेसियामा कूटनीतिक माध्यमद्वारा नेपाली कामदारको हकहित सुरक्षित हुने गरी जति सक्दो चाँडो रोजगार खुला गर्न छलफल हुनुपर्ने कारण देखाउँदै सङ्घीय संसद् सचिवालयलमा सो प्रस्ताव दर्ता गराएको हो।

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले श्रम, समाज कल्याण तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित लाखौँ नेपाली युवा रोजगारीका लागि मलेसिया जानबाट वञ्चित भएको विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ। काङ्ग्रेसले लाखौँ नेपाली युवाको गन्तव्यको रुपमा रहेको मलेसियामा कूटनीतिक माध्यमद्वारा नेपाली कामदारको हकहित सुरक्षित हुने गरी जति सक्दो चाँडो रोजगार खुला गर्न छलफल हुनुपर्ने कारण देखाउँदै सङ्घीय संसद् सचिवालयलमा सो प्रस्ताव दर्ता गराएको हो।काङ्ग्रेसका सांसदहरु डिला सङ्ग्रौला पन्त प्रस्तावक एवं रामबहादुर विष्ट र देवप्रसाद तिमिल्सिना समर्थक रहेको उक्त प्रस्तावमा मलेसियाको रोजगारीका क्रममा स्वास्थ्य परीक्षण, अभिमुखीकरण, मागपत्र प्रमाणीकरण गर्ने क्रममा पैसाको चलखेल नियन्त्रण गर्न नसकेको र श्रमिकसँग लिने सेवा शुल्कमा पारदर्शी हुन नसक्दा श्रमिक ठगिने क्रम बढ्दै गइरहेको जनाइएको छ।

साथै वैदेशिक रोजगारीका क्रममा गत आर्थिक वर्षमा विभिन्न मुलुकमा ८२१ कामदारको मृत्यु भएकाले नेपालीलाई विदेश जानु अघि सुरक्षाको विषयमा व्यावहारिक जानकारी दिने व्यवस्था शुरु गर्न नेपाली दूतावासलाई परिचालन गरी सुरक्षाको भरपर्दो व्यवस्था मिलाउनसमेत उक्त विषय छलफल हुनुपर्ने प्रस्तावमा जनाइएको छ। वैदेशिक रोजगार क्षेत्रमा देखिएको अव्यवस्था, विकृति र विसङ्गति हटाई वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउनुपर्ने प्रस्तावमा उल्लेख छ। झण्डै पाँच लाखभन्दा धेरै नेपाली कार्यरत रहेको र वर्षेनी दशौँ अर्ब रुपैयाँ विप्रेशण ९रेमिट्यान्स० भित्रिने मुलुकमा कामदार पठाउन रोकिएपछि त्यहाँ नेपालीका लागि रोजगारीको अवसर खुम्चँदै गएको र मलेसियाली रोजगारदाता विकल्प खोज्न थालेका छन्। गत वर्ष कात्तिक १२ गतेमा दुई देशबीच पहिलो पटक श्रम सम्झौता भए पनि सरकारले अहिलेसम्म औपचारिक रुपमा नेपाली कामदार पठाउने काम शुरु गर्न सकेको छैन। हजारौँ मजदूरलाई ठगी गर्ने कम्पनीविरुद्ध कुनै कारवाही नभएको काङ्ग्रेसले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्योलपूर्ण बन्दै प्रदेश २ काे नामकरण र राजधानी
अन्योलपूर्ण बन्दै प्रदेश २ काे नामकरण र राजधानी
मातृभाषा, लिपि र सांस्कृतिक धरोहर जीवन्त राख्न युवा पुस्ता जिम्मेवार: मुख्यमन्त्री पाैडेल
मातृभाषा, लिपि र सांस्कृतिक धरोहर जीवन्त राख्न युवा पुस्ता जिम्मेवार: मुख्यमन्त्री पाैडेल
मीनबहादुर र परिवारको नाममा ललिता निवासको २९ रोपनी बढी जग्गा  : सिआइबी
मीनबहादुर र परिवारको नाममा ललिता निवासको २९ रोपनी बढी जग्गा : सिआइबी
सल्यानमा पहिलो परीक्षण : ‘डीटीएस’बाट जमिनमुनिको पानी तानियो
सल्यानमा पहिलो परीक्षण : ‘डीटीएस’बाट जमिनमुनिको पानी तानियो
दार्जिलिङमा फेरि तनाव : सुरक्षाकर्मीको गोलीले दुईको मृत्यु
दार्जिलिङमा फेरि तनाव : सुरक्षाकर्मीको गोलीले दुईको मृत्यु
स्याफ्रुबेँसी–मैलुङ खण्डको राजमार्ग खुला
स्याफ्रुबेँसी–मैलुङ खण्डको राजमार्ग खुला
प्राइभेट फर्मलाई पनि नवीकरणमा कम्पनीसरह जरिवाना छुट
प्राइभेट फर्मलाई पनि नवीकरणमा कम्पनीसरह जरिवाना छुट
माघ १७ गतेको राशिफल यस्तो छ ।
माघ १७ गतेको राशिफल यस्तो छ ।
कटुवा पेस्तोल र गोली सहित पक्राउ
कटुवा पेस्तोल र गोली सहित पक्राउ
युवा श्रमिकलाई सीपयुक्त र दक्ष बनाई आर्थिक समृद्धि हासिल गर्न प्राथमिकता बदल्दै छौँः मन्त्री विष्ट
युवा श्रमिकलाई सीपयुक्त र दक्ष बनाई आर्थिक समृद्धि हासिल गर्न प्राथमिकता बदल्दै छौँः मन्त्री विष्ट

तपाईंले छुटाउनुभयो कि?