थोत्रो साइकल चढ्ने मन्त्री लालबाबु पण्डितसँग ५५ लाख नगद,साइकल त देखाउनका लागि मात्रै !
सारांश
- काठमाडाै, १० जेठ ।
- प्रधानमन्त्री तथा मन्त्री परिषदकाे कार्यालयले बुधबार प्रधानमन्त्री तथा मन्त्रिहरूकाे सम्पति सार्वजनिक गरेकाे छ ।
- सार्वजनिक बिवरणमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले साइकल पनि रहेको र त्यो पुरानो भएको पनि उल्लेख गरेका छन्।
काठमाडाै, १० जेठ । प्रधानमन्त्री तथा मन्त्री परिषदकाे कार्यालयले बुधबार प्रधानमन्त्री तथा मन्त्रिहरूकाे सम्पति सार्वजनिक गरेकाे छ ।
सार्वजनिक बिवरणमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले साइकल पनि रहेको र त्यो पुरानो भएको पनि उल्लेख गरेका छन्।
तर, मन्त्री पण्डितसँग एभरेष्ट बैंकमा २५ लाख र श्रीमती विमलाको नाममा एभरेष्ट बैंक र कृषि विकास बैंकमा ३० लाख रुपैयाँ छ। उनीहरूसँग १० तोला सुन र १५ तोला चाँदी छ ।
उनीसँग श्रीमतीको नाममा ललितपुरको भैँसेपाटीमा ४ आना जग्गा छ। उनले ०७२ मा पेस गरेको सम्पत्ति विवरणमा सर्लाहीको धनगढा–६ मा १२ कट्ठा जग्गा रहेको उल्लेख गरेका थिए।
तर, त्यो अहिलेको सम्पत्ति विवरणमा छैन। सर्लाहीकै बसबरियामा चार बिघा पैतृक सगोलको जग्गा छ । उनीसँग विराटनगरमा एक कट्ठा जमिनमा पाँचकोठे पुरानो घर छ।
हेर्नुहाेस पण्डितकाे सम्पति विबरण:

Rojin Pandey Rajendra
COMMUNIST SARKAARKA MANTRI HARU …NAGAD MAI JOD DINE RECHHAN …
Changbaa Lama
55 lakh vayesita carnai aauxani
Stha Boss
कला कर्मी हाहा ।तेम्पो ,,,साइकल ,,,अझ त मागेर नै जित्दिय बा
Ganesh Shakya
अहिलेको जमानामा ५५ लाख के हो? धन्ने साइकल सम्म भ्याउनु भो ।
Om Sagar Shrestha
Sab chorai chor ta hun…
Rai Man
chorai chor ko desh ma natak po rahechha thotro cycle bhanne ta.
Punam Dhakal
Taile deyeko xas r
Binod Kc
हातिकाे दुईटा दात हुन्छ देखाउने र चपाउने हुन्छ नेताहरूकाे पनि तेसतै हाे नेपाल का नेता
Krishna Shrestha
man pani kalo anuhar jastai