कटुवा पेस्तोल र गोली सहित पक्राउ
सारांश
- कपिलबस्तु, ८ असोज महाराजगंज नगरपालिका–६ बस्ने ४९ बर्षीय भारत चौधरीलाई प्रहरीले कटुवा पेस्तोल २ थान र सोको गोली २ थान सहित पक्राउ गरेको छ ।
- जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान चौधरीलाई सोही ठाउँको बुटहनियामा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा फेला पारी चेकजाँच गर्दा प्लास्टिकको झोलामा लुकाईछिपाई राखेको उक्त कटुवा पेस्तोल र गोली बरामद भएको हो ।
- यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कपिलबस्तु, ८ असोज
महाराजगंज नगरपालिका–६ बस्ने ४९ बर्षीय भारत चौधरीलाई प्रहरीले कटुवा पेस्तोल २ थान र सोको गोली २ थान सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान चौधरीलाई सोही ठाउँको बुटहनियामा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा फेला पारी चेकजाँच गर्दा प्लास्टिकको झोलामा लुकाईछिपाई राखेको उक्त कटुवा पेस्तोल र गोली बरामद भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया