काठमाडौँबासीलाई दुख दिइरहेका भारतीय चोर पक्राउ
सारांश
- काठमाडौँ उपत्यकामा कवाड सरसामान संकलन गर्ने वहानामा बिहान तथा दिउसोको समय चोरी कार्यमा संलग्न केही चोरहरु पक्राउ परेका छन् ।
- भारतको विहार समस्तिपुरबाट आइ काठमाडौँमा बसिरहेका उनीहरु मंसिर २९ गते काठमाडौँ महानगरीय प्रहरीद्वारा पक्राउ परेका हुन् ।
- पक्राउ पर्नेमा दिनेश पोदार, मुकेश कुमार पोदार, केतुल पोदार, चन्तन पोदार, सुरज पोदार र विकास पोदार रहेका छन् ।
काठमाडौँ उपत्यकामा कवाड सरसामान संकलन गर्ने वहानामा बिहान तथा दिउसोको समय चोरी कार्यमा संलग्न केही चोरहरु पक्राउ परेका छन् । भारतको विहार समस्तिपुरबाट आइ काठमाडौँमा बसिरहेका उनीहरु मंसिर २९ गते काठमाडौँ महानगरीय प्रहरीद्वारा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दिनेश पोदार, मुकेश कुमार पोदार, केतुल पोदार, चन्तन पोदार, सुरज पोदार र विकास पोदार रहेका छन् ।
काठमाडौँको सिनामंगल, गौशाला, तिलगंगा, बानेश्वर लगायतका स्थानमा बस्दै आएका उनीहरु कवाड सामान संकलन गर्ने निहुँमा घर घरमा पुगी घरको अवस्था तथा मानिस नहुने समय पत्ता लगाई विहान र दिउसो चोरी कार्यमा संलग्न रहँदै आएका थिए । पक्राउन परेका उनीहरुले नगद, टिभी, मोबाइल, गरगहना लगायतका सामाग्री चोरी गर्थे । पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
प्रतिक्रिया