एमसीसीको विद्युत प्रशारण लाइनको विरोध गर्दै वडा कार्यालयमा तालाबन्दी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १, २०७८
|
|
२५ पटक हेरिएको
Shares
एमसीसीको विद्युत प्रशारण लाइनको विरोध गर्दै वडा कार्यालयमा तालाबन्दी

सारांश

  • एमसीसी परियोजना सञ्चालन हुने स्थान काठमाडौको शंखरापुर नगरपालिका वडा ३ लप्सेफेदीका प्रभावित बासिन्दा आन्दोलित भएका छन् ।
  • उनीहरुले मुआब्जा सट्टामा लालपूर्जाको माग, बस्ती बीचमा विद्युत प्रशारण लाइन तथा सबस्टेशन निर्माण रोक्न माग गर्दै २ दिन वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
  • एक साता वडा कार्यालय तालाबन्दी घोषणा गरेर आइतबार र सोमबार तालाबन्दी गरेका उनीहरुले नगरपालिकामा समस्या समाधानका लागि वार्ता गर्ने भनेपछि मंगलबारदेखि तालाबन्दीको कार्यक्रम केही समयमा लागि स्थगित गरेका जनाएका छन् ।

एमसीसी परियोजना सञ्चालन हुने स्थान काठमाडौको शंखरापुर नगरपालिका वडा ३ लप्सेफेदीका प्रभावित बासिन्दा आन्दोलित भएका छन् । उनीहरुले मुआब्जा सट्टामा लालपूर्जाको माग, बस्ती बीचमा विद्युत प्रशारण लाइन तथा सबस्टेशन निर्माण रोक्न माग गर्दै २ दिन वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

एक साता वडा कार्यालय तालाबन्दी घोषणा गरेर आइतबार र सोमबार तालाबन्दी गरेका उनीहरुले नगरपालिकामा समस्या समाधानका लागि वार्ता गर्ने भनेपछि मंगलबारदेखि तालाबन्दीको कार्यक्रम केही समयमा लागि स्थगित गरेका जनाएका छन् ।

अपर तामाकोशी जलविद्युत परियोजना पिडित संघर्ष समितिका सूर्य तामाङले रातोपाटीसँग कुरा गर्दै स्थानीयलाई एमसीसी परियोजना आउन लागेको जानकारी नै नदिई झुक्याएर जग्गा अधिग्रहण गरेको बताए । बिर्ता उन्मुलन भएको स्थानीयको जग्गा सरकारले रोक्का राखेपछि स्थानीयले जग्गा माग्दा आधा जग्गा पहिलेको जग्गा धनीलाई जाने र आधा मात्र पाइने, यदि अधिग्रहण गर्न दिए जग्गाको पुरै मुआब्जा दिने बताएर अधिग्रहण गरिएको तामाङको दावी छ ।

उनले स्थानीय जनताले दुःख नपाउन भनेर केही समयका लागि वडाको तालाबन्दी कार्यक्रम रोकिए पनि माग पूरा नभए पुन आन्दोलन अघि बढाउने बताए । एमसीसी परियोजनाका लागि अधिग्रहण गरिएको जग्गाको पैसा दिइ नसकेको पनि जानकारी दिए ।

अपर तामाकोशी जलविद्युत परियोजनाले शंखरापुर नगरपालिका वडा नं. ३ बोजेनी लगायत वडा नं. १, २, ५ र ६ का प्रमुख सरोकार पक्ष स्थानीय तथा आदिवासी जनताहरुको सहमति वेगर अनाधिकृत रुपले मानव वस्ती बीचमा विद्युत प्रशारण लाइन तथा सबस्टेसन निर्माण गर्ने कार्य भई रहेकोमा सो कार्यको विरोध गरिएको तामाङले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?