फिलिपिन्स काट्रियोना भईन मिस यूनिभर्स नेपालकी मनिता उत्कृष्ट १० बाट आउट

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
१८ पटक हेरिएको
Shares
फिलिपिन्स काट्रियोना भईन मिस यूनिभर्स नेपालकी मनिता उत्कृष्ट १० बाट आउट

सारांश

  • मिस युनिभर्स २०१८ को उपाधि फिलिपिन्सकी क्याट्रिओना ग्रेले हात पारेकी छिन् ।
  • थाइल्याण्डकको बैंककमा आज भएको अन्तिम प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको उपाधि माथि कब्जा जमाएकी हुन् ।
  • मिस युनिभर्सको उपाधि जित्ने उनी फिलिपिन्सको चौथो सुन्दरी हुन् ।

मिस युनिभर्स २०१८ को उपाधि फिलिपिन्सकी क्याट्रिओना ग्रेले हात पारेकी छिन् । थाइल्याण्डकको बैंककमा आज भएको अन्तिम प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको उपाधि माथि कब्जा जमाएकी हुन् ।

मिस युनिभर्सको उपाधि जित्ने उनी फिलिपिन्सको चौथो सुन्दरी हुन् । यसअघि सन् २०१५, १९७३ र १९६९ मा पनि फिलिपिन्सकै सुन्दरीहरुले मिस युनिभर्सको उपाधि जितेका थिए । प्रतियोगितामा फस्ट रनरअप दक्षिण अफ्रिका र सेकेन्ड रनरअप भेनेजुयलाका सुन्दरीहरु भए ।

नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटा भने उत्कृष्ट १० बाट बाहिरिएकी छिन् । थाईल्यान्डमा सम्पन्न यस बर्षको मिस यूनिभर्समा एक महिना अघिदेखि भएको विभिन्न गतिविधिपछि आज अन्तिम प्रतिष्पर्धा भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?