काठमाडौँ उपत्यकामा कोरोना सम्बन्धी लगाइएका सबै प्रतिबन्ध हट्यो
सारांश
- ओमिक्रोन भेरियन्ट फैलिएसँगै नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि काठमाडौँ उपत्यकामा लागू गरिएका सबै प्रकारका प्रतिबन्ध शनिबारबाट लागू हुने गरी हटाइएको छ ।
- शुक्रबार उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
- तीनवटै जिल्लाले अलग–अलग रूपमा जारी गरेको आदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागू भएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको जानकारी दिइएको छ ।
ओमिक्रोन भेरियन्ट फैलिएसँगै नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि काठमाडौँ उपत्यकामा लागू गरिएका सबै प्रकारका प्रतिबन्ध शनिबारबाट लागू हुने गरी हटाइएको छ । शुक्रबार उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
तीनवटै जिल्लाले अलग–अलग रूपमा जारी गरेको आदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागू भएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको जानकारी दिइएको छ । कोरोना संक्रमण फैलिएसँगै मन्त्रिपरिषद्को निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले विगतमा विभिन्न समयमा प्रतिबन्ध लगाएको थियो । उपत्यकामा माघ २३ गतेबाट स्मार्ट लकडाउन लागू गरिएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया