कमलबजारका मेयरलाई कोरोना संक्रमण पुष्टी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १३, २०७७
|
|
३६ पटक हेरिएको
Shares
कमलबजारका मेयरलाई कोरोना संक्रमण पुष्टी

सारांश

  • अछाम, कार्तिक १३ ।
  • अछामको कमलबजार नगरपालिकाका मेयरलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
  • मेयर ओमप्रकाश विष्टलाई बुधबार कोरोना संक्रमणको पुष्टी भएको हो ।

अछाम, कार्तिक १३ । अछामको कमलबजार नगरपालिकाका मेयरलाई कोरोना संक्रमण पुष्टी भएको छ । मेयर ओमप्रकाश विष्टलाई बुधबार कोरोना संक्रमणको पुष्टी भएको हो ।

कमलबजार कोरोना प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार उनको बुधबार नेपालगञ्ज बागेश्वरी डाईग्नोटिक्स परिक्षण केन्द्रमा गरिएको परिक्षणमा कोरोना पुष्टी भएको हो । मेयर विष्टले समेत सामाजिक सञ्जालमा कोरोना पुष्टी भएको उल्लेख गरेका छन् ।

उनले सम्पर्कमा आएकाहरुलाई सुरक्षित रहन र परिक्षण गर्न समेत भनेका छन् । उनले लक्षण नभएको भन्दै होम आइसोलेसनमा बसेको जानकारी गराएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?