सिडियो कार्यालयका अधिकृत पक्राउ !
सारांश
- अस्बिन खड्का, २३ जेठ ।
- सर्लाहीमा एक जना अधिकृत घुस सहित पक्राउ परेका छन ।
- जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकिय अधिकृत सुरेश कुमार दासलाई ५० हजार घुससहित अख्तियार अनसुन्धान अायाेगकाे टाेलीले पक्राउ गरेकाे हाे ।
अस्बिन खड्का, २३ जेठ । सर्लाहीमा एक जना अधिकृत घुस सहित पक्राउ परेका छन ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकिय अधिकृत सुरेश कुमार दासलाई ५० हजार घुससहित अख्तियार अनसुन्धान अायाेगकाे टाेलीले पक्राउ गरेकाे हाे ।
आयोगले बुधबार ‘स्टिङ अप्रेसन’ गरी घुससहित पक्राउ गर्न सफल भएकाे हाे । अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबास बाट खटिएको प्रहरी टोलीले एक व्यापारीसँग दासले घुस लिदैँ गर्दा पक्राउ गरेकाे हाे ।
कालोबजारी मुद्दा चलाउने भन्दै धम्काएर पैसा मागेपछी पैसा लिन उनी गाडीमा मलगंवास्थित जिल्ला अदालत अगाडि पुगेका थिए। पैसा लिए लगत्तै आयोगले उनलाई रंगे हात पक्राउ गरेको हो ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
KP Prasai
Maobadiko cantunmentma bhayeko char arabko bhratrachar mudda kboi ta