देउवाबारे चन्द्र भण्डारीले गरे रहस्यपूर्ण खुलासा: वालुवाटार गिरोहबाट संचालित
सारांश
- काठमाडौं, पुस ३० ।
- नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवाको कमजोरीका कारण पार्टी कमजोर भएको आरोप लगाएका छन् ।
- नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले सभापति देउवाले अबका दिनमा कांग्रेसको सफल नेतृत्व गर्नसमेत नसक्ने आरोप लगाएका हुन् ।
काठमाडौं, पुस ३० । नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवाको कमजोरीका कारण पार्टी कमजोर भएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले सभापति देउवाले अबका दिनमा कांग्रेसको सफल नेतृत्व गर्नसमेत नसक्ने आरोप लगाएका हुन् ।
प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीले भोगेको पराजयको जिम्मेवारी लिँदै देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले समेत नयाँ पुस्तालाई पार्टी हस्तान्तरण गर्नुपर्ने माग भण्डारीले राखेका छन् ।
अहिलेको बुढा पुस्ता असफल भएको उनको तर्क थियो ।
अब तत्काल केन्द्रिय समितिको बैठक बसेर छलफल गर्नुपर्ने र त्यसपछि महासमिति सदस्यहरुको बैठक बसेर विशेष अधिवेशन गर्नुपर्ने माग समेत भण्डारीले अघि सारेका छन् । विशेष अधिवेशनबाट देउवालाई सभापतिाट हटाउनुपर्ने उनको जिकिर छ ।
‘कांग्रेस समाप्त भइसक्यो । अब पनि यही पुस्ताले नेतृत्व गरिरहने हो भने माथि उठ्न सकिदैन ।’ भण्डारीले भने ।
आफूले गरेको नेतृत्व असफल भइसकेपछि अरुलाई छोड्नुपर्छ भन्ने कुरा देउवाले बुझ्नुपर्ने भण्डारीको तर्क छ ।
‘बाबुआमा धेरै वृद्ध भइसकेपछि छोराछोरीलाई कारोबार हस्तान्तरण गर्नु त समान्य कुरा हो नि ।’ भण्डारीले भने ।
कुराकानीका क्रममा भण्डारीले भूमिगत गिरोहबाट वालुवाटार सञ्चालित रहेको दाबी गरेका छन् ।
प्रतिक्रिया