कृषि विज्ञ मदन राई बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २९, २०८०
|
|
४० पटक हेरिएको
Shares
कृषि विज्ञ मदन राई बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कृषि विज्ञ मदन राईलाई प्रहरीले पक्राउ गरेको छ ।
  • विभिन्न समयमा युट्युबहरुमा अश्लिल अन्तरवार्ता दिएर चर्चामा आएका राईलाई प्रहरीले उनको गृहजिल्ला खोटाङबाटै पक्राउ गरेको हो ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कृषि विज्ञ मदन राईलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न समयमा युट्युबहरुमा अश्लिल अन्तरवार्ता दिएर चर्चामा आएका राईलाई प्रहरीले उनको गृहजिल्ला खोटाङबाटै पक्राउ गरेको हो ।

राईलाई खोटाङको शुभद्रा मदन फाउन्डेसन परिसरबाट शुक्रबार पक्राउ गरिएको प्रहरीकाने भनाइ रहेको छ । राईमाथि आफै सञ्चालन गरेको फाउन्डेसनमा रहेका बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

उनले आफ्नो विद्यालयमा आबद्ध बालबालिकालाई अश्लील शब्द प्रयोग गर्ने‚ अश्लील हर्कत गर्न लगाउनेलगायत दूराचार गर्ने गरेको आरोप लागेको छ ।

७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए ।

उनी रास्वपा संस्थापन ताका पार्टीले भदौ ११ गते खुल्लामञ्चमा आयोजना गरेको उपत्यका भेलामा अन्य वक्ताहरुसँगै कृषि विज्ञका रुपमा सहभागी भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?