कोशीमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक भएको गठबन्धनकाे निष्कर्ष

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०८०
|
|
४१ पटक हेरिएको
Shares
कोशीमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक भएको गठबन्धनकाे निष्कर्ष

सारांश

  • काठमाडौं ।
  • सत्ता गठबन्धन दलले राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा कोशी प्रदेशमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक विषय भएको जनाएका छन् ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धन दल बैठकले राष्ट्रियसभा निर्वाचनको परिणामाका विषयमा प्रारम्भीक छलफल गर्दै कोशी प्रदेशमा भएको भोटक्रस गम्भीर चिन्ताजनक विषय भएको निष्कर्ष निकालेको हो ।

काठमाडौं । सत्ता गठबन्धन दलले राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा कोशी प्रदेशमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक विषय भएको जनाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धन दल बैठकले राष्ट्रियसभा निर्वाचनको परिणामाका विषयमा प्रारम्भीक छलफल गर्दै कोशी प्रदेशमा भएको भोटक्रस गम्भीर चिन्ताजनक विषय भएको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले कोशी प्रदेशमा सत्तापक्षीय दलको एक सिट गुमाएको विषय र अन्य प्रदेशको नजिताका विषयमा छलफल भएको जानकारी दिए ।

कोशी प्रदेशको नतिजाका आधारमा गठबन्धनभित्र कुनै प्रतिकुल प्रभाव नपार्ने उनले बताए । कोशीको विषय प्रधानमन्त्री वा कांग्रेस सभापतिको मात्रै नभएर गठबन्धनका सबैको सरोकारको विषय भएको भन्दै उनले यसमा कसैलाई दोष दिन नहुने उल्लेख गरे ।

राष्ट्रियसभाका अध्यक्ष चयनका विषय, राजनीतिक एजेण्डा लगाएतका विषयमा पछि छलफल हुने लेखकले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?