किन छाडे सांसदले माओवादी केन्द्र ?
सारांश
- काठमाडौं ।
- स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार खडा गरेको आरोपमा ललितपुर पार्टीबाट कारबाही सिफारिस भएका नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र घिसिङले संसद पदबाट राजीनामा दिएका छन् ।
- २०७० को संविधानसभाको निर्वाचनमा ललितपुरबाट समानुपातिक सांसद रहेका घिसिङले बिहीबार सभामुख ओनसरी घर्ती र पार्टीका प्रमुख सचेतक रेखा शर्मालाई राजीनामा पत्र बुझाएका हुन् ।
काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार खडा गरेको आरोपमा ललितपुर पार्टीबाट कारबाही सिफारिस भएका नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र घिसिङले संसद पदबाट राजीनामा दिएका छन् ।
२०७० को संविधानसभाको निर्वाचनमा ललितपुरबाट समानुपातिक सांसद रहेका घिसिङले बिहीबार सभामुख ओनसरी घर्ती र पार्टीका प्रमुख सचेतक रेखा शर्मालाई राजीनामा पत्र बुझाएका हुन् । सांसद घिसिङले स्थानीय तहको निर्वाचनमा ललितपुरका कोन्जोसम गाउँपालिका र बागमती गाउँपालिकामा बागी उम्मेदवार खडा गरेका थिए ।
त्यसका बाबजुद पनि कोन्ज्योसममा माओवादीकै गोपीलाल स्याङ्तानले गाउँपालिका अध्यक्षमा जितेका थिए । घिसिङ नयाँ शक्तिका डा. बाबुराम भट्टराई निकट सांसद हुन् । उनी सांसद पदमा रहेकाले मात्र बाबुरामको नयाँशक्तिमा लागेका थिएनन् । माओवादी पार्टी केन्द्रका ४ हजार केन्द्रीयमध्ये उनी एक हुन् । उनी सार्वजनिक लेखा समितिका पनि सभापति हुन् ।
घिसिङ दश वर्षे जनयुद्धका घाइते योद्धा हुन् । बौद्धिक तथा प्रखर वक्ताका रुपमा छवि बनाएका उनले राजिनामा दिँदै २७ वर्षको राजनैतिक यात्रामा जेल नेल र अमानवीय यातना भोग्नु परेको बताएका छन् । साथै उनले देशका लागि रगत र शारीरिक अङ्ग समर्पित गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताएका छन् ।
घिसिङले पार्टीको केन्द्रीय सदस्य एवं कुनैपनि तहको जिम्मेवारीमा नरहने र वर्तमान व्यवस्थापिका संसदको सदस्य परित्याग गरेको उनले विज्ञप्ति मार्फत् जानकारी गराएका छन् ।
प्रतिक्रिया