खानेपानी तथा ढल निकास विभागको महानिर्देशकमा दास नियुक्त

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ६, २०७५
|
|
३४ पटक हेरिएको
Shares
खानेपानी तथा ढल निकास विभागको महानिर्देशकमा दास नियुक्त

सारांश

  • काठमाडौं, ६ मंसिर ।
  • खानेपानी मन्त्रालयले खानेपानी तथा ढल निकास विभागको नयाँ महानिर्देशकमा सुनीलकुमार दासलाई नियुक्त गरेको छ ।
  • विभागको उपमहानिर्देशकमा कार्यरत दासले बुधबार पद बहाली ग्रहण गर्नुभएको छ ।

काठमाडौं, ६ मंसिर । खानेपानी मन्त्रालयले खानेपानी तथा ढल निकास विभागको नयाँ महानिर्देशकमा सुनीलकुमार दासलाई नियुक्त गरेको छ । विभागको उपमहानिर्देशकमा कार्यरत दासले बुधबार पद बहाली ग्रहण गर्नुभएको छ । पद बहाली ग्रहण गर्दै महानिर्देशक दासले खानेपानीको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । केही साना तथा ठूला आयोजनाहरुलाई अघि बढाउने कार्यमा विभाग द्रुत गतिमा अघि बढ्ने उहाँले बताउनुभयो ।


दास २०७१ फागुन देखि विभागको उपमहानिर्देशक पदमा कार्यरत रहनुभएको थियो । २०४७ सालदेखि जिल्ला खानेपानी कार्यालय सिरहाबाट जागिर सुरु गर्नुभएका दाससँग १४ वर्षसम्म विभिन्न जिल्लामा रहेका खानेपानी कार्यालयमा ईन्जिनियरको रुपमा कार्य गरेको अनुभव छ । ८ वर्ष जति उहाँले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागमा सिनियर डिभिजनल ईन्जिनियरको रुपमा कार्य गर्नुभयो । त्यस्तै २०७० सालमा उहाँले खानेपानी मन्त्रालय अन्तर्गत सह लगानी खानेपानी आयोजना र मेलम्ची आयोजनामा समेत काम गर्नुभयो ।

अधिकार सम्पन्न बाग्मती क्षेत्र ढल निर्माण सुधार आयोजना र चौथो ग्रामीण खानेपानी तथा सरसफाई आयोजनामा समेत उहाँले तीन वर्ष काम गर्नुभयो । त्यसैगरी उहाँसँग ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा आयोजना निर्देशकका रुपमा तीन वर्ष काम गरेको अनुभव समेत रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?