उरुग्वेको रोनाल्डोलाई रोक्ने चुनौती, स्वरेज र रोनाल्डोको असली परीक्षा

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
उरुग्वेको रोनाल्डोलाई रोक्ने चुनौती, स्वरेज र रोनाल्डोको असली परीक्षा

सारांश

  •  विश्वकप फुटबलको नकआउट चरण अन्तर्गत पोर्चुगल र उरुग्वेबीच खेल हुदै छ ।
  • पोर्चुगल समुह ‘बि’ बाट ३ खेलमा ५ अंकसहित समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको हो ।
  • पोर्चुगलले पहिलो खेल स्पेनसँग ३-३ गोलको बराबरी खेलेको थियो ।

 विश्वकप फुटबलको नकआउट चरण अन्तर्गत पोर्चुगल र उरुग्वेबीच खेल हुदै छ ।

पोर्चुगल समुह ‘बि’ बाट ३ खेलमा ५ अंकसहित समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको हो । पोर्चुगलले पहिलो खेल स्पेनसँग ३-३ गोलको बराबरी खेलेको थियो । त्यस्तै पोर्चुगलले दोस्रो खेल मोरक्कोलाई १-० ले जितेको थियो भने समुह चरणको अन्तिम खेलमा इरानसँग १-१ गोलको बराबरी खेलेको थियो ।

त्यस्तै उरुग्वे समुह ‘ए’ मा समुह चरणका तिनै खेल जितेर पहिलो हुदै नकआउट चरणका लागि छनौट भएको हो । उरुग्वेले पहिलो खेल इजिप्टलाई १-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरबलाई पनि १-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै अन्तिम खेलमा आयोजक रसियालाई ३-० ले पराजित गरेको थियो ।

उरुग्वे :

फिफा वरियतामा १६औ स्थानमा रहेको उरुग्वे यसअघिको विश्वकपमा दोस्रो चरणमा पुगेर बाहिरिएको थियो । पछिल्लो १२ बर्षदेखि उरुग्वेको राष्ट्रिय टिमलाई कोचिंग गरिरहेका अनुभवी ओस्कार ताबारेज उरुग्वेका म्यानेजर रहेकाछन् । राष्ट्रिय टिमका लागि १४४ खेलमा म्यानेजर बनि सकेका ओस्कारको अनुभवले पनि उरुग्वेलाई धेरै फाइदा हुने विस्वास गरिएको छ ।यस टिममा बार्सिलोनाबाट खेल्ने लुइस स्वरेज, पिएसजीबाट खेल्ने एडिसन कभानी जस्ता स्टार खेलाडी रहेका छन् । स्वरेज यस टिमका प्रमुख खेलाडी हुन् । आक्रामक फुटबल खेल्ने टिम भनेर चिनिएको उरुग्वेका लागि स्वरेजले १०१ खेलमा ५३ गोल गरेका छन् । बार्सिलोनामा उत्कृष्ट फर्ममा रहेका स्वरेजले ला लिगा र कोपा डेल रेको उपाधि जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए । स्वरेजले यस विश्वकपका ३ खेलमा २ गोल गरेका छन् त्यस्तै विश्वकपमा अहिलेसम्म ७ गोल गरेका स्वरेजले विश्वकपको नकआउट चरणमा केबल एक गोल गरेका छन् ।

यस टिममा स्वरेज बाहेक एडिनसन कभानी, कप्तान डिएगो गोडीन प्रमुख खेलाडीका रुपमा रहेका छन् ।

यस टिममा इटालीको लिगमा युभेन्टसबाट खेल्ने २१ बर्षीय रोड्रीगो बेन्टानचुरलाई उदाउदा खेलाडीको रुपमा हेरिएको छ । उरुग्वेको अन्तिम दुई क्वालिफायर खेल खेलेका रोड्रीगो दुवै खुट्टाले खेल्न सक्ने प्रतिभावान खेलाडीको रुपमा हेरिएको छ । उनले उरुग्वेका लागि अहिलेसम्म १० खेल खेलेका छन् ।

पोर्चुगल : 

फिफा वरियतामा चौथो स्थानमा रहेको पोर्चुगलले २०१६ मा युरोकप जितेर आफ्नो शक्ति प्रदर्शन गरेको थियो । विश्वकपमा पनि पोर्चुगलले त्यस्तै दमदार प्रदर्शन दोहोराउने विश्वास गरिएको छ । २०१४ देखि लगातार राष्ट्रिय टिमको म्यानेजरको रुपमा फर्नानडो सान्तोस रहेका छन् । उनकै नेतृत्वमा युरोकप जितेको यस टिमले विश्वकपमा नकआउट चरणमा आएको छ ।यस टिममा रियल म्याड्रिडबाट खेल्ने स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो नै प्रमुख खेलाडी हुन् । रोनाल्डो सहितको पोर्चुगल टिम बलियो नै रहेको छ । रोनाल्डोले विश्वकप छनौटमा आफु खेलेका हरेक खेलमा एक गोलका हिसाबले १५ गोल गरेका थिए भने यस विश्वकपमा पनि ३ खेलमा ४ गोल गरेर आफ्नो उत्कृष्ट लय देखाएका छन् । रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए भने मोरक्कोविरुद्ध खेलको निर्णायक गोल गरेका थिए । रोनाल्डोले विश्वकपमा अहिलेसम्म कुल ७ गोल गरेका भएपनि नकआउट चरणमा भने अहिलेसम्म गोल गरेका छैनन् ।

त्यस्तै यस टिममा आन्द्रे सिल्भ उदाउदा खेलाडीको रुपमा रहेका छन् । सिल्भाले एसी मिलानमा त्यति राम्रो प्रदर्शन नगरेपनि पोर्चुगलका लागि विश्वकप छनौटमा रोनाल्डोसँग मिलेर १० गोल गरेका थिए ।हेड टु हेड :

यी दुई देशबीच पछिल्लो ३६ बर्षपछि खेल हुदै छ । यस अघि यी दुई देशबीच केबल २ पटक भेट भएको छ ।  जसमा एक खेल पोर्चुगलले जितेको थियो भने एक खेल बराबरीमा सकिएको थियो । सन् १९७२ मा खेलेका यी दुई देशबीच अहिले बल्ल भेट भएको छ । विश्वकपमा भने यी दुई देश पहिलो पटक एका अर्काविरुद्ध खेल्दै छन् ।

अनुमान :

यो खेल उरुग्वे र पोर्चुगल मात्र भन्दा पनि बार्सिलोनाबाट खेल्ने लुइस स्वरेज र रियल म्याड्रिडबाट खेल्ने  क्रिस्टियानो रोनाल्डोको भिडन्तको रुपमा लिइएको छ । दुवै टिमका प्रमुख खेलाडी रहेकाले पनि यस खेलको अनुमान गर्न सजिलो छैन ।  उरुग्वेले समुह चरणमा तुलनात्मक रुपमा कम्जोर टिमसँग खेलेर आएकोले उसकालागि यो खेल रियालिटी चेकको खेलका रुपमा लिन सकिन्छ भने स्पेनविरुद्ध उत्कृष्ट खेलेर बराबर गरेको पोर्चुगलले अन्तिम खेलमा इरान जस्तो कमजोर टिमसँग बराबरीमा चित्त बुझाएकाले यो खेल कसले जित्छ भन्न गाह्रो छ ।  तर रोनाल्डोको फर्म हेर्दा यो खेलमा उनले रामो खेल्ने अनुमान गर्दै अलिकति एड्भान्टेज पोर्चुगललाई दिन सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?