जन्ती बस दुर्घटनामा दुईको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
३१ पटक हेरिएको
Shares
जन्ती बस दुर्घटनामा दुईको मृत्यु

सारांश

  • हेटौँडा, २८ फागुन  मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा जन्ती बस दुर्घटना हुँदा दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
  • भक्तपुरबाट जन्ती बोकेर हेटौँडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्ति लोकमार्गअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा दिउँसो करीब २ बजे दुर्घटना भएको छ ।
  • दुर्घटनामा परी १७ जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

हेटौँडा, २८ फागुन  मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा जन्ती बस दुर्घटना हुँदा दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौँडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्ति लोकमार्गअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा दिउँसो करीब २ बजे दुर्घटना भएको छ ।

दुर्घटनामा परी १७ जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस सडकबाट तल खसेको र हाल उद्धार कार्य जारी रहेको छ । घाइतेलाई उपचारको लगि हेटौँडा अस्पतालमा लगिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?