गणतन्त्र दिवसको अवसरमा साक्षर स्तम्भको शिलन्यास

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
३४ पटक हेरिएको
Shares
गणतन्त्र दिवसको अवसरमा साक्षर स्तम्भको शिलन्यास

सारांश

  • अस्बिन खड्का, उदयपुर, १५ जेठ ।
  • आज ११ औँ गणतन्त्र दिवसको अवसर पारेर उदयपुरको गाईघाट बजारमा साक्षर स्तम्भको शिलन्यास गरिएको छ ।
  • उदयपुर जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने उद्देश्यले साक्षर स्तम्भको शिलन्यास गरिएको हो ।

अस्बिन खड्का, उदयपुर, १५ जेठ । आज ११ औँ गणतन्त्र दिवसको अवसर पारेर उदयपुरको गाईघाट बजारमा साक्षर स्तम्भको शिलन्यास गरिएको छ ।

उदयपुर जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने उद्देश्यले साक्षर स्तम्भको शिलन्यास गरिएको हो ।

साथै गणतन्त्र दिवसको अवसरमा गाईघाट बजार सरसफाई कार्यक्रम पनि गरिएको छ । जिल्लामा रहेका राजनीतिक दलका नेता, प्रहरी प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरीका साथै विभिन्न निकायका प्रमुखहरुको उपस्थितिमा उक्त सरसफाई कार्यक्रम गरिएको थियो ।

वि.सं. २०६५ साल जेठ १५ गते नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र भएकोे थियो । २ सय ४० वर्षे जहानीया शाही राजतन्त्रको अन्त्य भएको उक्त दिनको सम्झनामा हरेक वर्ष जेठ पन्ध्र गते गणतन्त्र दिवस मनाइने गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?