गद्दी त्याग्दै जापानी सम्राट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
१६ पटक हेरिएको
Shares
गद्दी त्याग्दै जापानी सम्राट

सारांश

  • जापानी सम्राट अकिहितोले सन् २०१९ को अप्रिलमा राजगद्दी त्याग्ने बताएका छन् ।
  • जापान सरकार र शाही परिवार बीचको छलफलपछि राजगद्दी त्याग्ने मिति तय गरिएको हो ।
  • सहमति लगत्तै प्रधानमन्त्री सिन्जो आबेले सम्राटले राजगद्दी छोड्ने मिति घोषणा गरेका छन् ।

जापानी सम्राट अकिहितोले सन् २०१९ को अप्रिलमा राजगद्दी त्याग्ने बताएका छन् । जापान सरकार र शाही परिवार बीचको छलफलपछि राजगद्दी त्याग्ने मिति तय गरिएको हो । सहमति लगत्तै प्रधानमन्त्री सिन्जो आबेले सम्राटले राजगद्दी छोड्ने मिति घोषणा गरेका छन् । ८३ वर्षीय जापानी सम्राटले गत वर्ष उमेर र स्वास्थ्यका कारण आफुलाई जिम्मेवारी पूरा गर्न कठिन भएको बताएका थिए । गद्दी त्यागबारे शुक्रबार भएको छलफललगत्तै सञ्चारकर्मीसँग प्रधानमन्त्री आबेले ३० अप्रिल २०१९ मा सम्राटले गद्दी त्याग्ने तय भएको जानकारी गराए । त्यसपछि राजकुमार नारु हितोले गद्दी सम्हाल्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?