दुबै खुट्टा नभएका हरि बुढामगर सगरमाथा आरोहणमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २२, २०७९
|
|
३६ पटक हेरिएको
Shares
दुबै खुट्टा नभएका हरि बुढामगर सगरमाथा आरोहणमा

सारांश

  • काठमाडौँ ।
  • शारीरिकरुपमा अशक्त हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् ।
  • पूर्वगोरखा सैनिकसमेत रहेका उनले सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट आरोहण अनुमति लिएर सोलुखुम्बु प्रस्थान गरेका छन् ।

काठमाडौँ । शारीरिकरुपमा अशक्त हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । पूर्वगोरखा सैनिकसमेत रहेका उनले सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट आरोहण अनुमति लिएर सोलुखुम्बु प्रस्थान गरेका छन् ।

विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार बुढामगरले सगरमाथा आरोहणका लागि केही दिनअघि आरोहण अनुमति लिएको थियो । शारीरिकरूपमा अशक्त बुढामगर आरोहणका लागि आवश्यक प्रक्रिया पूरा गरेर सगरमाथातर्फ प्रस्थान गरेको उनले बताए ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका उनका दुबै खुट्टा छैनन् । बुढामगरले कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने उनी पहिलो व्यक्तिसमेत हुन्।

लामो प्रतिक्षापछि सगरमाथा आरोहणका लागि जान अनुमति पाउँदा खुशी लागेको र निकै उत्साहका साथ आरोहणमा निस्किएको बताएको बुढामगरको भनाइ उल्लेख गर्दै विभागका महानिर्देशक लुइँटेलले बताए ।

सन् २०१० मा अफगानिस्तानको लडाइँमा बुढामगरले दुवै खुट्टा गुमाएको थियो । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने उनी पहिलो व्यक्ति भएको बताइन्छ । बुढामगरले मोन्ट ब्लाङ (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरा पिक (६,४७६ मिटर) हिमाल आरोहण गरिसकेका छन् ।

वसन्त ऋतुका बेला सगरमाथासहित हिमाल तथा चुली आरोहणका लागि अहिले धमाधम आरोहीले आरोहण अनुमति लिइरहेका छन् । विभागको पवर्तारोहण शाखाका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मङ्गलबारसम्म १२ आरोही समूहका १७ महिला र ८३ पुरुषसहित एक सय आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथासहित विभिन्न हिमाल तथा चुली आरोहणका लागि हालसम्म ३६ आरोही समूहका ५३ महिला र दुई सय १७ पुरुषसहित दुई सय ७० ले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

सगरमाथापछि अन्नपूर्ण हिमाल आरोहणका लागि पाँच, मनास्लु आरोहणका लागि चार र ल्होत्से आरोहणका लागि तीन आरोही समूहले हिमाल आरोहणको अनुमति लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनकोसीमा मरे ५० बाख्रा
सुनकोसीमा मरे ५० बाख्रा
कार्यकर्तालाई ‘शेरबहादुर जिन्दावाद’ भन्न सिकाएको भन्दै पौडेल यसरी बम्किए
कार्यकर्तालाई ‘शेरबहादुर जिन्दावाद’ भन्न सिकाएको भन्दै पौडेल यसरी बम्किए
जाजरकोटमा अस्थायी साधन प्रयोग गर्नेको संख्या कसरी बढ्यो ?
जाजरकोटमा अस्थायी साधन प्रयोग गर्नेको संख्या कसरी बढ्यो ?
​महानगरपालिकाका कार्यकारी अधिकृत लोकमानको पक्षमा…
​महानगरपालिकाका कार्यकारी अधिकृत लोकमानको पक्षमा…
ढोरपाटनमा नाउर र झारलको सिकार
ढोरपाटनमा नाउर र झारलको सिकार
केपी ओली ५ वर्ष प्रधानमन्त्री हुने भन्दै माधव नेपालले गरे बालुवाटार जग्गा प्रकरणको डरलाग्दो घोषणा
केपी ओली ५ वर्ष प्रधानमन्त्री हुने भन्दै माधव नेपालले गरे बालुवाटार जग्गा प्रकरणको डरलाग्दो घोषणा
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
पढाई सँगसँगै मोडलिङ क्षेत्रमा जम्दै गोरखाकी सम्झना
पढाई सँगसँगै मोडलिङ क्षेत्रमा जम्दै गोरखाकी सम्झना
जम्मू–कश्मिरमा राजनीतिक संकट, त्रासमा जनता
जम्मू–कश्मिरमा राजनीतिक संकट, त्रासमा जनता
मनाङमा आगलागी, डेढ महिनासम्म निभेन आगो
मनाङमा आगलागी, डेढ महिनासम्म निभेन आगो

तपाईंले छुटाउनुभयो कि?