आज भिडियोबाट मन्त्रिपरिषद् बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ९, २०७६
|
|
२९ पटक हेरिएको
Shares
आज भिडियोबाट मन्त्रिपरिषद् बैठक बस्दै

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
  • सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका ओलीले भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद्को बैठक चलाउने जनाइएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका ओलीले भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद्को बैठक चलाउने जनाइएको छ ।स्रोतका अनुसार बैठक सोमबार दिउँसो १२ बजेका लागि डाकिएको छ । प्रधानमन्त्री ओली उपचारमा जानुअघि नियमावली संशोधन गरी प्रधानमन्त्री देशबाहिर रहेका समयमा भिडियो कन्फरेन्समार्फत बैठक बस्नसक्ने व्यवस्था गरिएको थियो ।

प्रधानमन्त्री ओली अहिले उपचारका लागि सिंगापुरमा छन् । सिंगापुर बसाइ कति लामो हुने भन्ने टुंगो लागेको छैन । बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओली स्वास्थ्यमा समस्या देखिएपछि यही ५ गते उपचारका लागि त्यसतर्फ गएका थिए । त्यसको १० दिन अघि उनी सिंगापुरबाट फर्केका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?