गाउँपालिका केन्द्र सार्न लागेको विरोधमा तालाबन्दी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २, २०७६
|
|
२६ पटक हेरिएको
Shares
गाउँपालिका केन्द्र सार्न लागेको विरोधमा तालाबन्दी

सारांश

  • बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र सार्न लागिएको विरोधमा सो गाउँपालिकाको दुईवटा वडाका कार्यालयमा तालाबन्दी गरिएको छ ।
  • गाउँपालिकाका केन्द्र वडा नं ७ साविकको डिलाशैनी गाविसमै हुनुपर्ने माग गर्दै स्थानीयवासीद्वारा गठित सङ्घर्ष समितिले वडा नंं।
  • ४ र ७ का कार्यालयमा बुधबारदेखि तालाबन्दी गरिएको हो ।

बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र सार्न लागिएको विरोधमा सो गाउँपालिकाको दुईवटा वडाका कार्यालयमा तालाबन्दी गरिएको छ ।गाउँपालिकाका केन्द्र वडा नं ७ साविकको डिलाशैनी गाविसमै हुनुपर्ने माग गर्दै स्थानीयवासीद्वारा गठित सङ्घर्ष समितिले वडा नंं। ४ र ७ का कार्यालयमा बुधबारदेखि तालाबन्दी गरिएको हो । समितिले त्यहाँस्थित स्वास्थ्य संस्थाबाहेक वडा कार्यालय, विद्यालय र विभिन्न सङ्घ संस्थालगायतका कार्यालयमा तालाबन्दी गरेको प्रहरीले जनाएको छ ।

राज्य पुनःसंरचना हुँदा गाउँपालिकाको केन्द्र साविकको डिलाशैनी गाविस तोकेको भए पनि गत भदौ २५ गतेको गाउँकार्यपालिकाको बैठकले केन्द्र छनोटको लागि विज्ञ टोली बोलाउने निर्णय गरेको थियो । उक्त बैठकले विज्ञ टोली बोलाउने निर्णय गरेको र उक्त टोलीको प्रतिवेदनका आधारमा केन्द्र छनोट गरिने गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिनुभयो ।

गाउँपालिकाको उक्त निर्णयको विरोध गर्दै वडा नं।४ र ७ का स्थानीयवासी आन्दोलित भएका हुन् । उनीहरुले सङ्घर्ष समिति गठन गरी यसअघि गाउँपालिका कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रसासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाइसकेका छन् । गाउँपालिका केन्द्र अन्यत्र सारिए कडा आन्दोलनमा जाने स्थानीयवासी दीपकबहादुर धामीले बताउनुभयो ।

गाउँकार्यपालिकाको पहिलो बैठकले साविकको डिलाशैनी गाविसभित्र उपयुक्त स्थान छनोट गर्ने भने पनि हाल आएर गाउँपालिका अन्यत्र सार्न चलखेल भएकोले बाध्य भएर आन्दोलन गर्नुपरेको धामीको भनाइ छ ।

वडा कार्यालयलगायत अन्य कार्यालयका तालाबन्दी हुँदा सम्पूर्ण कामकाज ठप्प भएका वडा नं ७ का वडाध्यक्ष प्रेम सिंह धामीले जानकारी दिनुभयो । सम्पूर्ण कामकाज ठप्प हुँदा स्थानीय नागरिक समस्यामा परेका छन् । सङ्घर्ष समितिले तालाबन्दी गरेपछि उक्त क्षेत्रमा शान्ति सुरक्षाका लागि प्रहरी परिचालन गरिएको प्रहरी चौकी गोकुलेश्वरका प्रहरी हबल्दार नरेशसिंह कुँवरले बताउनुभयो ।

गाउँपालिका केन्द्र छनोट गर्न १२ लाख ५० हजार

बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्रको उपयुक्त स्थान छनोट गर्न १२ लाख बढी बजेट छुट्याइएको छ । गाउँपालिका केन्द्रको लागि उपयुक्त स्थान छनोट गर्न विज्ञ टोली बोलाउन रु १२ लाख ५० हजार रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिनुभयो ।

सामाजिक, भौगोलिक र पूर्वाधारको अध्ययनको लागि विज्ञ टोली बोलाउने गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको हो । उहाँले भन्नुभयो, “भविष्यसम्मको लागि उपयुक्त स्थानमा केन्द्र छनौट हुन्छ । ” टोलीको प्रतिवेदनका आधारमा गाउँसभाले केन्द्रवारे निर्णयले गर्ने पनि अध्यक्ष बोहराले जानकारी दिनुभयो ।

राज्य पुनःसंरचना हुँदा सविकको डिलाशैनी गाविस ९हालको वडा नं ७० मा गाउँपालिका केन्द्र तोकिएको र त्यसपश्चात गाउँकार्यपालिकाको पहिलो बैठकले पनि डिलाशैनी गाविसभित्र उपयुक्त स्थान छनोट गर्ने निर्णय गरेको थियो । गएको १ वर्षदेखि तोकिएको केन्द्र भन्दा बाहिर सम्पर्क केन्द्र राखेर गाउँपालिकाले कामकाज गरिरहेको छ । गाउँपालिका–७ मा केन्द्र तोकिएको भए पनि वडा नं ३ पसेराबाट कामकाज भइरहेको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठूलो आन्दोलनका माझ बंगलादेशकी प्रधानमन्त्री भागिन् तर देशमै किन अडिएका थिए गद्दीच्युत राजा ज्ञानेन्द्र शाह?
ठूलो आन्दोलनका माझ बंगलादेशकी प्रधानमन्त्री भागिन् तर देशमै किन अडिएका थिए गद्दीच्युत राजा ज्ञानेन्द्र शाह?
निगमको पैसामा जापान जान खोज्दै खरेल
निगमको पैसामा जापान जान खोज्दै खरेल
आजदेखि नयाँ नोट, प्रतिव्यक्ति २७ हजार साट्न पाइने
आजदेखि नयाँ नोट, प्रतिव्यक्ति २७ हजार साट्न पाइने
प्रचण्ड र माधव नेपाललाई चुनावको सामना गर्न प्रधानमन्त्री ओलीको चुनौती
प्रचण्ड र माधव नेपाललाई चुनावको सामना गर्न प्रधानमन्त्री ओलीको चुनौती
मतदान सुरु हुने बित्तिकै काठमाडौँमा शक्तिशाली विस्फोट, मतदाता र सुरक्षाकर्मीको भागदौड
मतदान सुरु हुने बित्तिकै काठमाडौँमा शक्तिशाली विस्फोट, मतदाता र सुरक्षाकर्मीको भागदौड
खग्रास चन्द्रग्रहण के हो ?
खग्रास चन्द्रग्रहण के हो ?
सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना
सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना
पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने बनाऔँ : मन्त्री अधिकारी
पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने बनाऔँ : मन्त्री अधिकारी
रविको ब्रिफिङः हामीलाई अरुले लडाउन सक्दैनन्
रविको ब्रिफिङः हामीलाई अरुले लडाउन सक्दैनन्
नगरपालिका सङ्घमा ब्याञ्जु, कुन प्रदेशमा कसको नेतृत्व?
नगरपालिका सङ्घमा ब्याञ्जु, कुन प्रदेशमा कसको नेतृत्व?

तपाईंले छुटाउनुभयो कि?