तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा न्यौपाने एमालेका उम्मेदवार

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १९, २०७९
|
|
२३ पटक हेरिएको
Shares
तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा न्यौपाने एमालेका उम्मेदवार

सारांश

  • काठमाडौं।
  • नेकपा एमालेले तनहुँ १ मा हुने उपनिर्वाचनमा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
  • शनिबार ललितपुरमा बसेको एमाले सचिवालय बैठकले तनहुँ १ मा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

काठमाडौं। नेकपा एमालेले तनहुँ १ मा हुने उपनिर्वाचनमा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

शनिबार ललितपुरमा बसेको एमाले सचिवालय बैठकले तनहुँ १ मा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

त्यस्तै बैठकमा चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने बारा–२ मा भने स्थानीय राजनीतिक अवस्थालाई मध्यनजर गर्दै आइतबारसम्म उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्षलाई दिइएको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

नेपाल प्रहरीका पूर्व आइजिपी खनाल तनहुँ क्षेत्र नम्बर १का स्थायी बासिन्दा हुन्। उनी गत मंसिर ४ को निर्वाचनमा काठमाडौं ६ मा रास्वपा सांसद शिशिर खनालसँग पराजित भएका थिए।

न्यौपाने भने एमाले चितवन जिल्ला कमिटीको अध्यक्ष हुन्। उनी अनेरास्ववियुको राजनीतिमा स्थापित भएका जिल्लाका लोकप्रिय युवा नेता हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?