सर्वोच्चको आदेश: होटल मल्लमा क्यासिनो सञ्चालनमा रोक नलगाउनु

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २४, २०७४
|
|
२३ पटक हेरिएको
Shares
सर्वोच्चको आदेश: होटल मल्लमा क्यासिनो सञ्चालनमा रोक नलगाउनु

सारांश

  • काठमाडौैं, पुस २४ ।
  • राजधानीको ठमेलस्थित सञ्चालित होटल मल्लमा रहेको क्यासिनो बन्द गर्न पर्यटन विभागले पठाएको पत्र तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
  • होटलमा बेल्लिज नेपालले क्यासिनो सञ्चालन गरेवापत सरकारलाई रोयल्टी नबुझाएपछि पर्यटन विभागले पुस ४ गते सञ्चालन इजाजतपत्र खारेज हुने सूचना पठाएको थियो ।

काठमाडौैं, पुस २४ । राजधानीको ठमेलस्थित सञ्चालित होटल मल्लमा रहेको क्यासिनो बन्द गर्न पर्यटन विभागले पठाएको पत्र तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

होटलमा बेल्लिज नेपालले क्यासिनो सञ्चालन गरेवापत सरकारलाई रोयल्टी नबुझाएपछि पर्यटन विभागले पुस ४ गते सञ्चालन इजाजतपत्र खारेज हुने सूचना पठाएको थियो ।

पटक–पटक ताकेता गर्दा समेत क्यासिनो सञ्चालनको रोयल्टी बक्यौता नबुझाएको भन्दै विभागले क्यासिनो सञ्चालनमा रोक लगाउने चेतावनीसहितको पत्र पठाएको थियो ।

विभागको उक्त निर्णय विरुद्ध बेल्लिज नेपाल पुस २० गते सर्वोच्च आएको थियो । उसको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश दीपकराज जोशीको एकल इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म क्यासिनो सञ्चालनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न र नगराउन भनेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?