गायक महर्जन भन्छन्, ‘बाँच्न गाह्रो छ’ (भिडियोसहित)
सारांश
- काठमाडौं, पुस ९ ।
- ‘संसारमा गीत, संगीत मन नपराउने सायद कोही मात्र होला ।
- दुःखमा, सुखमा अनि देशभक्ती होस् या भगवानको जपतप, आखिर मान्छेको कण्ठबाट निस्कने शुर भनेकै गीत हो ।
काठमाडौं, पुस ९ । ‘संसारमा गीत, संगीत मन नपराउने सायद कोही मात्र होला । दुःखमा, सुखमा अनि देशभक्ती होस् या भगवानको जपतप, आखिर मान्छेको कण्ठबाट निस्कने शुर भनेकै गीत हो । नचाहेर होस् या चाहेर एकान्तमा मात्रै हैन सुनसान स्थानमा पनि निस्कने डर पनि भगाउने मान्छेहरूको छाँयापछिको आफ्नो साथी हो ‘ यो भनाई हो सुरेन्द्र महर्जनको ।
नेपाली कलाकारिता क्षेत्रका एक चर्चित नाम हो सुरेन्द्र महर्जन । लामो समयदेखि यस क्षेत्रमा आबद्व महर्जन चित्रकार, लेखक, गायक समेत हुन् । २०४२ सालदेखि यस क्षेत्रमा निरन्तर सक्रिय रहेका महर्जनले थुप्रै एल्बम र कृतिहरु निकालेका छन् । उनले पछिल्लो समय ‘अमर–२ चौथो आधुनिक सांगेतिक कोसेली’ बजारमा ल्याएका छन् । अमर–२ गीति एल्बम ओएसनेपालको प्रस्तुतिमा बजारमा निस्किएको छ ।
सात वटा गीत समाबेश उक्त एल्बममा सुरेन्द्र महर्जन ‘अमर’ कै रचना अनि मेलिना राई, शिव परियार, शिखा भारती, सबिन लिम्बु, निता थापामगर, दिना थानी र स्वयं रचनाकार सुरेन्द्र महर्जनकै स्वर रहेको गीतहरू म भन्दा नि, आशा मर्दै गयो, मरेर जल्छु, वीर नेपाली, तड्पिएर बाँच्ने, दुःख र सुख गीतहरू रहेका छन् ।
हालसम्म २ दर्जन पुस्तकका आवरण दिएको अनि २०५५ देखि निरन्तर साहित्य साधक भै दर्जनभन्दा बढी पुस्तकहरु प्रकाशित भैसकेको सुरेन्द्र महर्जन ‘अमर’ का गीति एल्बम (गीत संग्रह) यो अमर–२ समेत गरेर १६ औं कृति प्रकाशित भएको हो ।
जनमत साहित्य मासिकका सम्पादक समेत रहेका महर्जनले गद्दी आरोहण रजत महोत्सव पदक, लाइफ टाइम अचिभेन्ट अवार्ड जस्ता थुप्रै पुरस्कारहरु पाएका छन् । यसै विषयमा केन्द्रीत रहेर महर्जनसँग शिखरन्यूजले गरेको कुराकानी :
https://www.youtube.com/watch?v=Qr0tix58YRI&feature=youtu.be
प्रतिक्रिया