सबै वडामा बर्थिङ सेन्टर स्थापना हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
सबै वडामा बर्थिङ सेन्टर स्थापना हुने

सारांश

  • पोखरा १४ फागुन, गण्डकी प्रदेशले गर्भवती सेवाअन्तर्गत सुत्केरी हुने क्रममा देखिने जटिल समस्या समाधान गर्न हवाई उद्धारलाई प्राथमिकता दिएको छ ।
  • यस क्रममा सामाजिक विकास मन्त्रालयले कार्यविधि स्वीकृत गरी त्यसका लागि आर्थिक वर्ष २०७५÷०७६ रु २० लाख विनियोजनसमेत गरेको छ ।
  • गत हप्तामात्र उच्च रक्तचापका कारण मस्तिष्क तथा मिर्गाैलामा समस्या देखिएकी एक महिलालाई सुत्केरी गराउन कठिन भएकाले यहाँस्थित मणिपाल शिक्षण अस्पतालबाट हवाई उद्धार गरेर काठमाडौँ पठाइएको उक्त मन्त्रालयका सूचना अधिकृत तथा वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रकाशराज शर्माले राससलाई जानकारी दिनुभयो ।

पोखरा १४ फागुन, गण्डकी प्रदेशले गर्भवती सेवाअन्तर्गत सुत्केरी हुने क्रममा देखिने जटिल समस्या समाधान गर्न हवाई उद्धारलाई प्राथमिकता दिएको छ ।यस क्रममा सामाजिक विकास मन्त्रालयले कार्यविधि स्वीकृत गरी त्यसका लागि आर्थिक वर्ष २०७५÷०७६ रु २० लाख विनियोजनसमेत गरेको छ ।

गत हप्तामात्र उच्च रक्तचापका कारण मस्तिष्क तथा मिर्गाैलामा समस्या देखिएकी एक महिलालाई सुत्केरी गराउन कठिन भएकाले यहाँस्थित मणिपाल शिक्षण अस्पतालबाट हवाई उद्धार गरेर काठमाडौँ पठाइएको उक्त मन्त्रालयका सूचना अधिकृत तथा वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रकाशराज शर्माले राससलाई जानकारी दिनुभयो ।

यस प्रदेशका जिल्लाबाट पोखराका सुविधसम्म अस्पतालमा कति गर्भवतीको हवाई उद्धार गर्नुपर्छ भन्ने यकिन तथ्याङ्क मन्त्रालयसित नभए पनि विशेषगरी मनाङ, मुस्ताङ, गोरखा, म्याग्दी, लमजुङ, पर्वत र बागलुङका माथिल्ला क्षेत्रबाट गर्भवतीलाई हवाई उद्धार गर्नुपर्ने बताइन्छ ।सूचना अधिकृत शर्माले प्रदेशअन्तर्गतका सबै जिल्लाका सबै वडातहसम्म बर्थिङ सेन्टर स्थापना गर्ने लक्ष्य मन्त्रालयको रहेको बताउनुभयो । बर्थिङ सेन्टर स्थापनाका लागि रु एक करोड ९९ लाख विनियोजनसमेत गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?