महागढीमाईमा रु १७ लाख भेटी

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २, २०७६
|
|
४२ पटक हेरिएको
Shares
महागढीमाईमा रु १७ लाख भेटी

सारांश

  • बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा लागेको पञ्चवर्षीय गढीमाई मेलामा करिब रु १७ लाख भेटी चढेको छ ।
  • हरेक ५÷५ वर्षमा लाग्ने गढीमाई मेलामा चढेको भेटीमध्ये कागजको सबै रुपैयाँ गनिएको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ ।
  • करिब एक हप्ता लगाएर गनिएको सो रकम रु १६ लाख ७० हजार ८६० रहेको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ ।

बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा लागेको पञ्चवर्षीय गढीमाई मेलामा करिब रु १७ लाख भेटी चढेको छ । हरेक ५÷५ वर्षमा लाग्ने गढीमाई मेलामा चढेको भेटीमध्ये कागजको सबै रुपैयाँ गनिएको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ ।

करिब एक हप्ता लगाएर गनिएको सो रकम रु १६ लाख ७० हजार ८६० रहेको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ । गनिएको सो रकमको ४५ प्रतिशत रु सात लाख ५१ हजार पुजारी मङ्गल चौधरीलाई दिइएको छ । एघार वटा दानपेटिका बाकसमा चढेको भारतीय र नेपाली रुपैयाँ गरी रु १६ लाख ७० हजार ८६० गनिएको हो । गढीमाई मन्दिरमा चढेको सिक्का गन्न बाँकी रहेको छ । सिक्काहरुलाई बाल्टिनमा भरेर भाग लगाइने छ । गढीमाईमा चढेको सिक्का करिब रु एक लाखभन्दा बढी हुनसक्ने गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले अनुमान गरेको छ ।

भेटी गन्दा सीसीटीभी क्यामराको समेत प्रयोग गर्नुपरेको थियो । पुजारीलाई दिएर बाँकी रहेको सो भेटी पञ्चवर्षीय गढीमाई मेला मूल समितिको खातामा जम्मा हुने जनाइएको छ । यसैबीच गत मङ्सिर १ गतेदेखि लागेको पञ्चवर्षीय गढीमाई मेला एक महिना लागेर मङ्सिर ३० गते सम्पन्न भएको हो । एकमहिने लामो मेलामा झण्डै एक करोड मानिसले सहभागिता जनाएको अनुमान गरिएको छ । मेलामा मङ्सिर १७ गते राँगा बलि र १८ गते बोका बलि चढाइएको थियो । बलि चढेका पाडाको टाउको तीन हजार ५०० रहेको मेला मूल व्यवस्थापन समितिका महासचिव मोतिलाल कुशवाहाले बताउनुभयो । यसैगरी तीन लाखभन्दा बढी बोकाको बलि भएको अनुमान गरिएको छ । लाखौँ परेवाहरु उडाइएको भए पनि संरक्षणको अभावमा परेवाहरु पातलिँदै गएको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्रान्स भ्रमणः अमेरिकामै आलोचना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्रान्स भ्रमणः अमेरिकामै आलोचना
‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’: प्रधानमन्त्री
‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’: प्रधानमन्त्री
गोर्खा मुद्दा : बहुप्रतिक्षित वार्ताको टीओआर बनाउन बसेको बैठक बिनानिष्कर्ष टुंगियो
गोर्खा मुद्दा : बहुप्रतिक्षित वार्ताको टीओआर बनाउन बसेको बैठक बिनानिष्कर्ष टुंगियो
प्रधानसेनापतिकाे कार्यक्रममा देखिएकाे नयाँ अायाेजना
प्रधानसेनापतिकाे कार्यक्रममा देखिएकाे नयाँ अायाेजना
प्रधानमन्त्री निवासलाई विश्वविद्यालय बनाउने, बुलेट प्रुफ गाडी बिक्री गर्ने
अनुषा भइन् दशौं मिसेस हिमालयन नेपाल
अनुषा भइन् दशौं मिसेस हिमालयन नेपाल
नयाँ वर्षकै दिनमा मात्रै फुल्ने ‘फूल’ प्रकृतिको एउटा उपहार
नयाँ वर्षकै दिनमा मात्रै फुल्ने ‘फूल’ प्रकृतिको एउटा उपहार
घोराही-तुलसीपुर सडक विस्तारः ‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’
घोराही-तुलसीपुर सडक विस्तारः ‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’
प्रदेश नम्बर दुईको सरकारकाे अायु उपेन्द्र यादवको हातमा: अनिल झा
नेपालको एक ईन्च भू–भाग पनि मिचिन दिन्नौं : प्रधानमन्त्री देउवा
नेपालको एक ईन्च भू–भाग पनि मिचिन दिन्नौं : प्रधानमन्त्री देउवा