गुच्चा खेल्ने दौंतरी भेट्दा रसाए प्रचण्डका आँखा
सारांश
- शिवनगर, अगाडी सानो टेबल, पछिल्तिर ५, ७ प्लास्टिकका कुर्चीहरू १ मालाले ढाकिएका नेताहरू माझ बिस्मृतिमा डूबेका प्रचण्ड !
- ‘ओहो, आमा तपाई !
- ’ कार्यक्रम संचालन भईरहेको बेला एक जना वृद्दा माला लिएर आफु सामु देख्दा प्रचण्डको मुखबाट निस्कियो, ‘सन्चै हुनु हुंछ नि !
शिवनगर, अगाडी सानो टेबल, पछिल्तिर ५, ७ प्लास्टिकका कुर्चीहरू १ मालाले ढाकिएका नेताहरू माझ बिस्मृतिमा डूबेका प्रचण्ड !
‘ओहो, आमा तपाई !’ कार्यक्रम संचालन भईरहेको बेला एक जना वृद्दा माला लिएर आफु सामु देख्दा प्रचण्डको मुखबाट निस्कियो, ‘सन्चै हुनु हुंछ नि !’

वृद्दाले प्रचण्डको हात अघि बढाईन । प्रचण्डले कसिलो हातले वृद्द हातहरू च्यापे ! वृद्दाले दुवै हातले प्रचण्डको गाला मुसारिन । लाग्थ्यो, प्रचण्ड सानो बालक हुन र मेलापातमा भेटिने आफन्तहरूले उनलार्इ माया गरिरहेका छन् ।
उता देवि ज्ञवाली माईकमा थिए, चितवन(३ बाट प्रदेश सभाका उम्मेदवार कृष्ण भूर्तेल र रामलाल महतोले बोलिरहेका थिए । यता प्रचण्डको गालामा मालाहरु थपिदैं थिए, छवीलाललाई काखमा लिएर खेलाउनेहरूको न्यानो स्पर्शले प्रचण्ड भावुक भइरहेको स्पस्ट देखिन्थ्यो उनको मुहारमा ।
र, देवीको उदघोषसँगै प्रचण्डले माइक समाते । एक छिन मौनता, सबैका आँखा प्रचण्डतीर । ‘आदरणीय बुवा आमा, काकाकाकी’ प्रचण्डले बोल्न सुरु गरे । उनको स्वरमा आद्रता थियो । ‘म आज अरु ठाऊमा बोले ज़स्तो सम्बोधन गर्न सक्दिन ।’ प्रचण्डले भने, ‘मलाई हुर्काउने आमा बुवा, काकाकाकी, मसँग पढ़ने, गुच्चा खेल्ने साथीभाइ यहाँ छन, म भावुक बनेको छू । अरु ठाऊ ज़स्तो भाषण गर्न सक्ने अवस्था छैन् ।’
प्रचण्डले यसो भनेपछि शिवनगरका वासिंदाहरूमाझ निस्तब्धता छायो एक छिन । ‘जीवनका कैयन घुम्ती र संघर्ष पार गर्दै आज उम्मेदवारको रूपमा तपाईहरू माझ आएको छु ।’ प्रचण्डका आँखा रसाए, ‘जे सिके, देशका लागि जे गर्न सकें, सबै तपाईहरूले दिएको शिक्षा, माया र प्रेरणाले हो । यसका लागि तपाईहरुलाई धन्यवाद दिन चाहंछु ।’
प्रचण्डले यी शब्द व्यक्त गर्दा उनलार्इ सुनिरहेकाहरूका आँखा रसाए । शिवनगर, प्रचण्डको बाल्यकाल बितेको गाऊँ । उनले कैयन साथीहरू भेंटे सभामा । क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालय उदघाटन गर्न एकाबिहानै शिवनगर पुगेका थिए ऊनी ।
‘केही गर्न रहर छ, सांसद बन्न मात्र चुनावमा उठेको होईन । प्रचण्डले भने, ‘एउटा समृद नेपाल बनाउने मेरो सपना हो, त्याहि अठोट बोकेर तपाई हरूमाझ आएँ । चितवनका जनताप्रति पूरा भरोसा छ । दण्ड दिनुहुंछ भने पनि स्वीकारछु तर त्यसको सम्भावना छैन् ।’
प्रचण्डले बोल्ने क्रममा कसैलाई आक्षेप लगाएनन्, न त आश्वासन नै बांडे । ऊनी पुरै भावुक थिए । उमेरले ६३ पुगेका प्रचण्ड, शिवनगर पुगदा स्मृतिका छालहरूले घेरिएका देखिन्थे । १५ मिनटको सम्बोधनमा उनले धेरै पटक गुच्चा खेल्ने साथीहरू सम्झिए ।
‘बिहानले दिनको भविष्यवाणी गर्छ भन्ने उखान छ नी’, अन्तिममा उनले भने, ‘आज तपाईहरूले देखाएको माया र उपस्थितिले चुनावमा हामी परिवर्तनकारीहरूको भविस्य सुखद देखाएको छ । नमस्ते, अभिवादन !’
Ashok Karki
चुनाबको लागी नाटक गरेकाे हाे प्रचण्डले आसु आयो भनेर …..
Krishna Raj Adhikari
Yo pagal ho..
Shambhu Acharya
नाटक त हाे नी ।
Gopal Giri
Badar mudhe ma bom handa ankha rasayen comrade prachanda?
Zindabaad Nepal
NATAK !
Khadka Thapa Dang
मावबादीको अश्तीत्तो समाप्त भेयेको हेर्ने ठुलो रहर्छ
Lekhnath Chapagain
नाटक न हो !
Giri Chiranjibi
बाबुको किरीया नगर्नेले आमा । भोट चाहिएको छ ।
Giri Chiranjibi
हा हा
Shiva Pradhan
Naatak maathi naatak…
Karunakar Sharma
प्रचण्डजीलाई भेटदा म पनी नमस्कार गर्छु तर अपराध क्षमा गर्नेछैन । तपाईको आँखामापनी आँसु छ होला र भिक्स दलेको हुनुपर्छ ।
Kandel Krish
Hahahahahahaaaaaaa
Shyam Fayal
Ramra abhineta tara kharab neta.
Sarita Uprety
Haha Nepali politician all are commedian as well as acting is too good!!!?
Mira Kharel
नाटक त हाे
Prakash Dhungana
अपराधी
Indu Wosti
चुनावमा धेरै रसाउछन गाेहिका आखा
Keshab Nepal
रेबिज लागेको कुकुर भन्दा बडि भाछ काङ्ग्रेसी हरू ।कमेन्ट हेर्दै थाहा हुन्छ ।
Bishnu Thapa
Amela ko ho .k garo ra.kine gaban gero.