ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ६, २०७९
|
|
३९ पटक हेरिएको
Shares
ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग

सारांश

  • काठमाडौँ।
  • होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घ  ( हान )ले कर्जाको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको छ ।
  • चर्को ब्याजदरका कारण होटल व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको हो ।

काठमाडौँ। होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घ  ( हान )ले कर्जाको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको छ । चर्को ब्याजदरका कारण होटल व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको हो ।

आज पत्रकार सम्मेलन गर्दै हानले कोरोना महामारीका कारण व्यवसाय ठप्प भएको अवस्थामा कर्जाको चर्को ब्याजदरले थप समस्या सिर्जना गरेको बताएको छ । हानले होटल क्षेत्रमा प्रवाह भएको कर्जाको पुर्नसंरचना तथा पुनर्तालिकीकरण गर्न समेत आग्रह गरेको छ ।

अहिले केही होटल सञ्चालनमा रहे पनि चालू खर्च धान्न समेत नसक्ने अवस्था आएको हानको भनाइ छ ।

(https://bettysco.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?