मकवानपुरमा पनि लागु औषध बिरुद्द्को अन्तरास्ट्रिय दिवस मनाइयो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १२, २०७५
|
|
१९ पटक हेरिएको
Shares
मकवानपुरमा पनि लागु औषध बिरुद्द्को अन्तरास्ट्रिय दिवस मनाइयो

सारांश

  • हेटौडा ,१२ असार।
  •   लागु औषध दुर्व्यसनी तथा ओसार पसार बिरुद्दको अन्तरास्ट्रिय दिवस मकवानपुरमा पनि मनाइएको छ।
  • जिल्ला लागु औषध नियन्त्रण अभियान समितीका अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाको अध्यक्षतामा बिभिन्न कार्यक्रम गरि मनाइएको हो ।

हेटौडा ,१२ असार।  लागु औषध दुर्व्यसनी तथा ओसार पसार बिरुद्दको अन्तरास्ट्रिय दिवस मकवानपुरमा पनि मनाइएको छ।

जिल्ला लागु औषध नियन्त्रण अभियान समितीका अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाको अध्यक्षतामा बिभिन्न कार्यक्रम गरि मनाइएको हो ।

अन्तरास्ट्रिय दिवसको अवसरमा  जनचेतनामुलक ब्यानर , प्लेकार्ड सहित प्रभातरी गरिएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट सुरु भएको र्याली बसपार्क ,टीसीएन रोड , सिमा चोक मेनरोड हुदै बुद्दचोकमा गएर कोणसभामा परिणत भएको थियो।

बुद्द चोकमा भएको कार्यक्रममा जनचेतनामुलक सडक नाटक देखाइनुका साथै जिल्लामा लामो समय लागु औषध नियन्त्रणमा महत्वपूर्ण योगदान गरेका तीनवटा संस्थाहरुलाई सम्मान गरिएको थियो।

सम्मान हुने सस्थाहरुमा मकवानपुर रिकभरिङ्ग समुह ,सी एन पुनस्थापना केन्द्र र बिपकला प्रतिष्ठान रहेका छन्। लामो समय दुर्व्यसनीमा लागेर सुधार हुन् चाहनेहरुको लागि सुधार गृहको रुपमा यी संस्थाहरुले काम गरिरहेका छन्। जिल्लामा दुर्व्यसनी नियन्त्रण तथा सचेतना जगाउने उदेश्यले हेटौडा उपमहानगरको चार ठाउँ सामरी ,रातोमाटे ,राप्तिपुल र क्याम्पाडाडामा होर्डिंगबोर्ड राख्ने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले बताउनु भयो।

लागु औषध बिरुद्द अन्तरास्ट्रिय दिवस अन्तर्गत हिजो जिल्लामा रहेका दुर्व्यसनी नियन्त्रण तथा सुधारमा लागेका संस्थाहरुले मकवानपुर जिल्ला प्रहरी हिरासतमा रहेकाहरुलाई सचेतनामुलक कार्यक्रम गरेका थिए।

कार्यक्रममा स्थानीय बिकास अधिकारी , जिल्ला प्रहरी प्रमुख , जिल्ला बन प्रमुख , कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख लगायतको उपस्थिति रहेको थियो।आज साझ ७:३० मा शितल महल चोकमा दिप प्रज्वलन कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताउनु भयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?