गोपाल पराजुली हत्यारा हुन्, पदमुक्त नगरी छाड्दिन

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
गोपाल पराजुली हत्यारा हुन्, पदमुक्त नगरी छाड्दिन

सारांश

  • काठमाडौं, माघ १७ ।
  • डाक्टर गोविन्द केसी फेरि पनि सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीमाथि खनिनुभएको छ ।
  • प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको छानविन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका डाक्टर केसीले प्रधानन्यायाधीशलाई भ्रष्ट र माफियाको डन मात्रै भन्नुभएन हत्यारा पनि भन्नुभएको छ ।

काठमाडौं, माघ १७ । डाक्टर गोविन्द केसी फेरि पनि सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीमाथि खनिनुभएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको छानविन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका डाक्टर केसीले प्रधानन्यायाधीशलाई भ्रष्ट र माफियाको डन मात्रै भन्नुभएन हत्यारा पनि भन्नुभएको छ ।

‘म हिरासतमा आइसकेपछि मलाई पनि उसले धम्की दिएको थियो, आज मेरो अधिवक्ता सुरेन्द्र भण्डारीलाई धम्की दिएको छ’ निकै आक्रोशित हुँदै डाक्टर केसीले भन्नुभयो ‘त्यो अपराधी, भ्रष्ट, माफिया, डनको नाइके गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको छ, यस्तो मान्छे प्रधानन्यायाधीश कहिँ हुन सक्छ ? प्रधानन्यायाधीशमा के गरी बस्न सक्छ त्यो ?’

डाक्टर केसी यतिमै रोकिनुभएन । उहाँले भन्नुभयो, ‘प्रधानन्यायाधीशले लुटतन्त्र मच्चाइरहेको छ, त्यतिमात्रै होइन यो प्रधानन्यायाधीश हत्यार हो हत्यारा, यो अवस्थामा ठूल्ठूला पार्टीका नेता चुप लागेर बस्छन भनेको मतलव नेताहरु लुटतन्त्रमा सहभागी छन र प्रधानन्यायाधीशलाई टेको दिइरहेका छन् ।’

‘मलाई त साधारण तारेखमा छाडेको छ, तर प्रधानन्यायाधीशबाट उसले राजिनामा दिएन भने जसरी पनि पदमुक्त गराएरै छाड्छु’ डाक्टर केसीले भन्नुभयो ।

आफूले अदालत अन्य न्यायाधीश र कर्मचारीको सम्मान गर्ने तर गोपाल पराजुली जस्ता भ्रष्ट न्यायाधीशको अन्डरमा बसेर अरु न्यायाधीशले गरेका फैसला पनि नमान्ने उहाँले चेतावनी दिनुभयो ।

प्रधानन्यायाधीशको दादागिरीमाथि पार्टीका नेताहरु नबोल्नु पनि अचम्मको कुरा भएको डाक्टर केसीको भनाइ छ । न्यायाधीश पार्टीको कार्यकर्ता भएको र प्रधानन्यायाधीशमार्फत नै दलका नेताहरुले भ्रष्टाचार गर्ने भएकाले नेताहरु चुप बसेको उहाँको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?