कोरोनाको खोप बनाउँने दौडमा पहिलो हुन चोरबाटो र ‘फोहरी खेल’

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १८, २०७७
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, असोज १८ ।
  • अगस्ट महिनाको ११ तारिखमा मस्कोले कोभिड–१९ विरुद्ध प्रयोग गर्न सकिने खोप ‘स्पुत्निक पाँच’ आधिकारिक रूपमा दर्ता गरेको खबर सार्वजनिक ग¥यो।
  • सन् १९५७ मा सोभियत सङ्घले स्पुत्निक भूउपग्रह सार्वजनिक गरेको थियो र अन्तरिक्षको दौडमा बाजी मारेको थियो।

काठमाडौं, असोज १८ । अगस्ट महिनाको ११ तारिखमा मस्कोले कोभिड–१९ विरुद्ध प्रयोग गर्न सकिने खोप ‘स्पुत्निक पाँच’ आधिकारिक रूपमा दर्ता गरेको खबर सार्वजनिक ग¥यो।

सन् १९५७ मा सोभियत सङ्घले स्पुत्निक भूउपग्रह सार्वजनिक गरेको थियो र अन्तरिक्षको दौडमा बाजी मारेको थियो। अहिले रुसले चिकित्सा विज्ञानको दायरा पनि फराकिलो पारिरहेको बताइरहेको छ।

तर आलोचकले भने उसले खोप विकास गर्ने विषयमा निकै बल दिइरहेको दाबी गर्छन्। राष्ट्रवादुबारे चर्चा भइरहँदा यो दौडमा चोरबाटो रोजेको, जासुसी र अनावश्यक जोखिम मोलेको जस्ता आरोप लागेका छन्।

कोभिड(१९ खोप आधुनिक समयको सबैभन्दा मूल्यवान् र उत्सुकताका साथ खोजी गरिएको पुरस्कारमध्ये एक हो।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को अनुसार हाल खोप विकास गर्ने दौडमा करिब आधा दर्जन मुलुक छन् जो तेस्रो तहको परीक्षणको अन्त्यतिर रहेको बीबीसीले उल्लेख गरेको छ ।

त्यसमा चीनका तीन, यूकेको एक, अमेरिकाको एक र जर्मनी(अमेरिकाको संयुक्त प्रयास एक रहेका छन्।

खोप विकास गर्न सामान्यतया वर्षौँ लाग्छ। खोप विकास गर्न लागिपरेका सबैले गति तीव्र पार्न खोजिरहेका छन् तर रुसले खोप दर्ता नै गरिसकेको अवस्थामा चोरबाटो रोजेको हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।

गत जुलाईमा यूके, अमेरिका र क्यानडाले रुसी जासुसहरूले खोप विकासबारे सूचना ह्याक गरेको आरोप लगाएका थिए तर रुसले त्यसको खण्डन गरेको थियो।

त्यसको अर्को हप्ता अमेरिकाले चिनियाँ ह्याकरहरूले पनि त्यस्तै प्रयास गरेको आरोप लगाएका थिए। चीनले पनि त्यो आरोपको खण्डन गरेको छ।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?