प्रधानन्यायाधीश पराजुलीको ४ थरी जन्ममिति, कुन कुन मितिमा ?
सारांश
- काठमाडौँ, माघ २७ ।
- प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति थप विवादित बनेको छ ।
- उनको शैक्षिक अभिलेख रहने निकायमा दुई फरक जन्ममिति भेटिएको थप अर्को जम्ममिति खुलेको हो ।
काठमाडौँ, माघ २७ । प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति थप विवादित बनेको छ । उनको शैक्षिक अभिलेख रहने निकायमा दुई फरक जन्ममिति भेटिएको थप अर्को जम्ममिति खुलेको हो । कानूनी रुपमा भने २०१० साल बैशाख १६ गतेको जन्ममितिलाई न्यायपरिषदले मान्यता दिइसकेको छ । तर तीनवटा जन्ममितिका कारण उनीमाथि नैतिक प्रश्न जोडिएको हो ।
पहिलो: २००९ साल साउन २१
न्यायपरिषदका बुलेटिनहरुमा सबै तहका न्यायाधीशहरुको नामावली जन्ममिति सहित प्रकाशित हुन्छ। २०७० साल र त्यसअघिको न्यायपरिषद बुलेटिनमा तत्कालिन पुनरावेदन अदालतका मुख्य न्यायाधीश गोपाल पराजुलीको जन्ममिति २००९ साल साउन २१ गते उल्लेख छ। २०७० सालको न्यायपरिषद बुलेटिनमा समेत उनको जन्ममिति २००९ साल नै उल्लेख छ।
उनको जन्ममितिवारे विवाद भएपछि भने त्यसपछिका न्यायपरिषदको बुलेटिनमा न्यायाधीशहरुको नामावली राखिए पनि जन्ममिति हटाउन थालिएको छ। हाल सर्वोच्च अदालतमा सरुवा भइसकेको न्यायपरिषद स्रोतले भन्यो, ‘कम्तिमा एक दर्जन बुलेटिन हेर्दा उहाँको जन्ममिति २००९ सालकै छ। न्यायपरिषदको बुलेटिन र प्रकाशन नियमित हेर्ने अरु न्यायाधीश लगायत उहाँ(प्रधानन्यायाधीश पराजुली)ले वर्षौसम्म जन्ममितिबारे कुनै दाबी गर्नुभएको थिएन।’
न्यायपरिषदको यो विवरणलाई जिल्ला प्रशासन कार्यालय तनहुँको अभिलेखले समेत प्रमाणित गर्छ। जस अनुसार, उनले २०३० साल साउन २१ गते जिल्ला प्रशासन कार्यालय तनहुँबाट नागरिकताको प्रमाणपत्र लिए। यो अभिलेख अनुसार उनको जन्ममिति २००९ साल साउन २१ गते हुने देखिन्छ, किनकी न्यायाधीशहरुको मिति नखुलेको जन्ममितिको हकमा जारी गरेको मितिमा आधारित भई गणना गरिन्थ्यो। न्यायसेवा प्रवेश गर्दा उनले पेश गरेको प्रमाणपत्रकै आधारमा २००९ साउन २१ गतेकै अभिलेख कायम गरिएको थियो।
दोस्रो: २०१० साल बैशाख १३
२०५८ सालमा प्रकाशित न्यायपरिषदको बुलेटिनमा तत्कालिन पुनरावेदन अदालतका न्यायाधीश पराजुलीको जन्ममिति २०१० साल बैशाख १३ गते भनी उल्लेख छ।
पुनरावेदन अदालतका न्यायाधीशहरुको क्रम संख्या २९ उल्लेख गरी पेज १४ मा उनको जन्ममिति र सेवा प्रवेश मिति उल्लेख भएको हो। अर्को वर्ष २०५९ सालमा प्रकाशित बुलेटिनमा २७ औं विवरणमा समेत यही जन्ममिति कायम छ।
पुनरावेदन अदालतमा न्यायाधीश, मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतका न्यायाधीश हुँदै प्रधानन्यायाधीश समेत भएका पराजुलीले आफ्नो उमेर विवादवारे हालसम्म सार्वजनिक स्पष्टिकरण दिएका छैनन्। न्यायपरिषदमै जन्ममितिबारे फरक(फरक अभिलेख रहनुले राम्रो सन्देश नजाने सर्वोच्च अदालतका एक न्यायाधीशको टिप्पणी छ।
‘उहाँको उमेर विवाद कुनै व्यक्तिगत टिप्पणी र लहडमा आएको नभई सरकारी अड्डा र आधिकारिक निकायकै अभिलेखमा रहेको तथ्यांक हो,’ सर्वोच्च अदालतका एक बहालवाला न्यायाधीशले भने, ‘उच्च नैतिक चरित्रको व्यक्तिको अपेक्षा गरिएको पदमा बसेपछि यस्ता विवादबारे छिटो स्पष्ट पार्नु राम्रो हुन्थ्यो।’
तेस्रो: २०१० साल बैशाख १६
प्रधानन्यायाधीश गोपाल पराजुलीले २०६७ कार्तिक २५ गतेमा पेश गरेको निवेदनको आधारमा जिल्ला प्रशासन काठमाडौं कार्यालयबाट प्रतिलिपि नागरिकता लिए। जसमा उनको जन्ममिति २०१० साल बैशाख १६ गते उल्लेख छ।
शैक्षिक प्रमाणपत्रमा आधारित भएर उनले ‘प्रतिलिपी नागरिकता पाऊँ भनी’ दिएको निवेदनका आधारमा काठमाडौं प्रशासनले अभिलेखकै विवरण सच्याएर प्रतिलिपि नागरिकता जारी गरेको हो। जिल्ला प्रशासन कार्यालयस्रोतले भन्यो, ‘प्रतिलिपी नागरिकता लिदा पुरानो अभिलेख फरक पार्न पाइदैन। उहाँको हकमा फरक परेको देखियो।’
चौथो: २०११ साल बैशाख १३
नेपाल ल क्याम्पसबाट जारी भएका प्रमाणपत्रमा प्रधानन्यायाधीश पराजुलीको जम्ममिति उनले दाबी गरे अनुसारकै देखिन्छ। तर रोचक के छ भने एसएलसी सरह भनी दाबी गरिएको प्रवेशिकाको मार्कसिट सार्वजनिक भएपनि चारित्रिक प्रमाणपत्र सार्वजनिक भएको छैन। उनले वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापीठबाट प्राप्त चारित्रिक प्रमाणपत्र न्यायपरिषदमा समेत पेश गरेका छैनन्।
यो विवरण नेपाल ल क्याम्पसले के आधारमा प्रधानन्यायाधीश पराजुलीको जन्ममिति २०१० साल बैशाख १६ गते कायम गर्यो भन्ने प्रश्न समेत खडा गरेको छ। जब कि कानूनको प्रमाणपत्रतह९आई।एल।० पढ्नुअघि पराजुलीले आफ्नो मार्कसिट र चारित्रिक प्रमाणपत्र क्याम्पसमा पेश गर्नुपर्थ्यो। २०११ सालमा जन्ममिति उल्लेखित प्रवेशिका प्रमाणपत्रको आधारमा आईएल र बीएलको जन्ममिति जारी हुनुपर्नेमा एक वर्षअघिको जन्ममिति कायम भएको छ। रोचक त के छ भने प्रधानन्यायाधीश पराजुलीको विवरण रहेको ल क्याम्पसको अभिलेखमाथि नयाँ विवरण टाँसिएको विवरण यसअघि नै सार्वजनिक भइसकेको थियो।
डा. गोविन्द केसीसँग जोडिएको ‘अदालतको अवहेलना’ मुद्दाको सुनुवाईका क्रममा सर्वोच्च अदालतले न्यायपरिषदबाट प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रतिलिपि समेत मगाएको थियो। न्यायपरिषदले पठाएको विवरण तथा अभिलेखमा समेत नेपाल राष्ट्रिय विद्यापीठबाट जारी चारित्रिक प्रमाणपत्र भेटिएको छैन, जसमा प्रधानन्यायाधीश पराजुलीको जन्ममिति खुल्थ्यो। अरु न्यायपरिषदले कायम गरेकै जन्ममिति देखिन्छ।
यसक्रममा नयाँ तथ्य सहितको विवरण प्राप्त भएको छ। प्रधानन्यायाधीश पराजुलीले आफ्नो प्रमाणपत्रलाई एसएलसी सरह भनी प्रमाणित गर्न शिक्षा मन्त्रालयबाट पत्र बनाएका थिए। शिक्षा मन्त्रालयका शाखा अधिकृत सिद्धी सिंहको नामबाट जारी पत्रमा प्रधानन्यायाधीश पराजुलीको जन्ममिति २०११ साल बैशाख ११ गते उल्लेख छ। उक्त पत्रमा ‘गोपाल पराजुलीले नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका परीक्षा पास गरेको प्रमाणित गरिन्छ’ भनी उल्लेख छ। त्यही पत्रमा उनको रोल नम्बर समेत ११७ भएको उल्लेख छ।
बारम्बार उही विवाद
सुशीला कार्की अघिका तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको पालामा २०७१ सालको अत्यतिर पनि पराजुलीको उमेरबारे निर्णय भएको थियो। परिषदका तत्कालीन अध्यक्ष साहको निर्देशनमा न्यायपरिषद सचिवले प्रतिलिपि नागरिकतामा उल्लेखित विवरण मान्य नहुने निर्णय गरेको थियो। न्यायाधीश पराजुलीले भने नया न्यायपरिषद ऐन २०७३ को दफा ३१ को उपदफा ६ मा रहेको व्यवस्था अनुसार, आफ्नो उमेर प्रतिलिपि नागरिकता अनुसार परिमार्जन हुनुपर्ने दाबी गरेका थिए। पराजुली प्रधानन्यायाधीश भएपछिको न्यायपरिषद बैठकले समेत २०१० साल बैशाख १६ लाई नै मान्यता दिएको थियो।
गत जेठ ३० गतेको १९० औं न्यायपरिषद बैठकले गोपाल पराजुली र उच्च अदालतका मुख्य न्यायाधीश सुरेन्द्रवीर सिंह बस्न्यातको उमेर विवाद सच्याउने निर्णय गरेको थियो। निर्णयमा भनिएको छ, ‘सर्वोच्च अदालतले शैक्षिक योग्यतामा खुलेको जन्ममितिलाई आधार मानेर सुरेन्द्रबीर बस्न्यातको जन्ममिति कायम गर्ने ठहर गरेको छ। उस्तै प्रकृतिको भएकाले श्री गोपाल पराजुलीको जन्ममिति २०१० बैशाख १६ गते कायम गरी सोको जानकारी संवैधानिक परिषदमा पठाइदिने।’ समाचार कान्तिपुरमा प्रकाशित छ ।
Purna Tamang
Samsaduya sunuwai huda chahi k heryo ni?
Tiljapun Magar
हाम्रो त एक अक्षर नमिल्दा पनि गाउँ ले भनेर होला सारै हेप्छन त ठुला बडा को त जस्तो भए पनि चल्दो रहेछ
Obindra Thapa
कस्तो अचम्म को सन्जोग परेछ ४ जन्म मा ४ नै श्रीमती ? जन्मदै बिहे गर्दै । कुरा साचो हो भने हाम्रा न्यायमुर्ती लाई बहुबिबाह गरेको र बहु नागरिक्ता लिएको ? अलगअलग जन्ममा अलगअलग बिबाह गर्न नपाइने ?
Prem Pun
साला नेपालको कानुन प्रधान्न्यधिसको जनम मिति फरक फरक तर चल्ने सधारण नागरिक को चाहिँ उमेर सच्च्याउन न मिल्ने यो कस्तो अजिबको कानुन।
Saroj Shakya
यो देशमा रावण राज चलेको छ,सोझा जनता लाई मारेर खाने राक्षस हरु छन ,
Saroj Shakya
यो देशमा रावण राज चलेको छ,सोझा जनता लाई मारेर खाने राक्षस हरु छन ,
Saroj Shakya
यो देशमा रावण राज चलेको छ,सोझा जनता लाई मारेर खाने राक्षस हरु छन ,