गोरखामा वाम गठबन्धनका उम्मेद्वार श्रेष्ठलाई लक्षित गरी बम विस्फोट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
गोरखामा वाम गठबन्धनका उम्मेद्वार श्रेष्ठलाई लक्षित गरी बम विस्फोट

सारांश

  • गोरखा।
  • वाम गठबन्धनबाट गोरखा–२ का उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठको प्रचार टोलीलाई लक्षित गरी आज कुकर बम विस्फोट भएको छ।
  • गोरखा नगरपालिका–११ को सिर्दिखोला पुल नजिकै सडक छेउमा बोराभित्र राखिएको बम आज अपराह्न विस्फोट भएको थियो।

गोरखा। वाम गठबन्धनबाट गोरखा–२ का उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठको प्रचार टोलीलाई लक्षित गरी आज कुकर बम विस्फोट भएको छ।

गोरखा नगरपालिका–११ को सिर्दिखोला पुल नजिकै सडक छेउमा बोराभित्र राखिएको बम आज अपराह्न विस्फोट भएको थियो।

उम्मेदवार श्रेष्ठको टोलीमा प्रचारका लागि प्रयोग गरिएको एमाले नेता विकलकुमार श्रेष्ठ चढ्ने बा २ च ९४६३ नम्बरको गाडी नजिकै बम विस्फोट भएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक प्रकाश अधिकारीकाअनुसार उम्मेदवार श्रेष्ठको प्रचार टोलीका चारजना नुहाइ धुवाइ गर्न र गाडी धुन सिर्दिखोलामा जाने क्रममा सो बम पड्किएको थियो।

घटनास्थलमा सिल्भरका टुक्राहरु भेटिएकाले कुकर बम हुन सक्ने अनुमान प्रहरीको छ। स्थानीय बासिन्दाले बिहानैदेखि सडक छेउमा बोरा देखेको बताएका छन्।

कसले किन बम पड्काएको हो भन्ने खुलेको छैन। बिप्लव समूहले निर्वाचन बहिष्कार गरेको हुनाले घटनामा उसको संलग्नता हुनसक्ने अनुमान प्रहरीको छ। रासस

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dipendra KC

    त्यो भनेको आफ्नो पार्टीले खनेको खाल्डोमा आफै परनु हो ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?