पोखरामा मुआथाई मार्शल आर्टको समर क्याम्प सुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०८०
|
|
५८ पटक हेरिएको
Shares
पोखरामा मुआथाई मार्शल आर्टको समर क्याम्प सुरु

सारांश

  • गण्डकी ।
  • पोखरामा मुआथाई मार्शल आर्टको समर क्याम्प सुरु भएको छ ।
  • पाँच हप्ते लामो क्याम्पमा विभिन्न विद्यालयका एक सय १८ विद्यार्थी सहभागी छन् ।

गण्डकी । पोखरामा मुआथाई मार्शल आर्टको समर क्याम्प सुरु भएको छ । पाँच हप्ते लामो क्याम्पमा विभिन्न विद्यालयका एक सय १८ विद्यार्थी सहभागी छन् । ती मध्ये ५२ जना अन्य मार्सल आर्ट खेलसँग सम्वद्ध रहेको मुआथाईका अन्तर्राष्ट्रिय प्रशिक्षक एवम् कार्यक्रम संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए।

उनीसहित ज्ञानेन्द्र सिंह, अनिश बुढामगर, सुष्मा चौधरी, अर्मान गुरुङ र आयुष गुरुङले निःशुल्करूपमा सहभागीहरूलाई प्रशिक्षण दिने छन् । प्रशिक्षक क्षेत्रीले निःशुल्क टिसर्ट, पानीको बोतल, झोला र किट्स सहभागीलाई निःशुल्क प्रदान गरेका छन् ।

क्याम्पलाई नेपाल मुआथाई सङ्घ गण्डकी प्रदेश र नेपाल राष्ट्रिय मुआथाई सङ्घको सहयोग एवम् समन्वय रहेको छ । थाइल्याण्डबाट सुरु भएको यो खेल हाल विश्वभर फौलिएको छ । तेह्रौैँ शताब्दीमा युद्धकला सिक्न सुरु भएको मुआथाईलाई १८औँ शताब्दीमा तत्कालीन राजाहरूले खेलकोरूपमा विकास गरेका थिए । विश्वकै पहिलो प्राथमिकताको मार्शल आर्ट खेलकोरूपमा विकास भएको र यसबाट थाइल्याण्डको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको बताइन्छ । विश्वका सयौंँ मार्शल आर्ट खेलाडी यो खेल सिक्न थाइल्याण्ड पुग्ने गरेका छन् ।

नेपालमा पछिल्ला समयमा विस्तारै यो खेलको विकास हुँदै आएको छ । उक्त क्याम्प शुभारम्भ गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले यसबाट विद्यार्थीभित्रको अन्तर्निहित खेल क्षमता उजागर गर्न सहयोग पुग्ने बताए । आत्मरक्षा र खेल विकासका लागि समेत क्याम्प उत्तिकै महत्वपूर्ण रहने बताउँदै उनले निःशुल्करूपमा आयोजित यस प्रशिक्षणलाई अन्य खेलकुद सम्वद्ध संस्थाले समेत आत्मसात गर्नुपर्नेमा जोड दिए ।

खेलकुदका प्रदेश निर्देशक कृष्ण तिमिल्सिना, सिनियर मार्शल आर्ट प्रशिक्षक शिव गुरुङलगायतले खेलको महत्वबारे चर्चा गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा डेङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान
चितवनमा डेङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान
भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध
भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध
एकता संयोजन समितिको बैठक बस्दै
एकता संयोजन समितिको बैठक बस्दै
उपत्यकामा फोहरको थुप्रो, महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन
उपत्यकामा फोहरको थुप्रो, महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन
दूध र बिस्कुट किन्दा यस्तो मिलेमतो देखियो
दूध र बिस्कुट किन्दा यस्तो मिलेमतो देखियो
पारिवारिक विरासत धान्ने तयारी: पर्दामा पनि आमा-छोराकै भूमिकामा देखिने सुनिता र यशवर्धन
पारिवारिक विरासत धान्ने तयारी: पर्दामा पनि आमा-छोराकै भूमिकामा देखिने सुनिता र यशवर्धन
यसकारण खारेज हुन सक्छन नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम पनि !
सरकारी जग्गामा व्यक्तिको लालपूर्जा बनाइदिने मालपोत प्रमुख सहित १० जनालाई जेल, नाम सहित
सरकारी जग्गामा व्यक्तिको लालपूर्जा बनाइदिने मालपोत प्रमुख सहित १० जनालाई जेल, नाम सहित
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ आउँदै
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ आउँदै
गायक पवन कुमार वलीको झ्याउरे गीत ‘साइलो दाई’ सार्वजनिक (भिडियो सहित)
गायक पवन कुमार वलीको झ्याउरे गीत ‘साइलो दाई’ सार्वजनिक (भिडियो सहित)