इट्टा उद्योगमा १ लाख ५० हजार कामदार आवश्यकता

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
इट्टा उद्योगमा १ लाख ५० हजार कामदार आवश्यकता

सारांश

  • काठमाडौं – रोजगारी नपाएको भन्दै ठूलो संख्यामा जनशक्ति बिदेसिइरहेको बेला स्वदेशकै इँटा उद्योगमा तत्काल एक लाख ५० हजार श्रमिक आवश्यक परेको व्यवसायीले बताएका छन् ।
  • मासिक औसत २५–३० हजार रुपैयाँ पारिश्रमिक पाइने ती उद्योगमा नभइनहुने श्रमिक भारतबाट ल्याएर व्यवसायीले काम चलाइरहे पनि तत्काल एक लाख ५० हजार थप श्रमिक आवश्यक परेको इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले बताए।
  • भारतबाट मजदुर ल्याएर जसोतसो उद्योग चलाइरहेका व्यवसायी भारतीय मजदुर जुनसुकै बेला फर्कन सक्ने भएकाले लगानी डुब्ने खतरा रहेको बताउँछन् ।

काठमाडौं – रोजगारी नपाएको भन्दै ठूलो संख्यामा जनशक्ति बिदेसिइरहेको बेला स्वदेशकै इँटा उद्योगमा तत्काल एक लाख ५० हजार श्रमिक आवश्यक परेको व्यवसायीले बताएका छन् । मासिक औसत २५–३० हजार रुपैयाँ पारिश्रमिक पाइने ती उद्योगमा नभइनहुने श्रमिक भारतबाट ल्याएर व्यवसायीले काम चलाइरहे पनि तत्काल एक लाख ५० हजार थप श्रमिक आवश्यक परेको इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले बताए।

भारतबाट मजदुर ल्याएर जसोतसो उद्योग चलाइरहेका व्यवसायी भारतीय मजदुर जुनसुकै बेला फर्कन सक्ने भएकाले लगानी डुब्ने खतरा रहेको बताउँछन् । ‘श्रमिक नपाए जुनसुकै बेला उद्योग बन्द हुन सक्छ,’ चित्रकारले भने, ‘इँटा उद्योगका लागि चाहिने श्रमिक जुटाउन सरकारको सहयोग चाहिएको छ।’

देशभर करिब एक हजार इँटा उद्योग दर्ता भएर सञ्चालन भइरहेका छन् । चित्रकारका अनुसार सबै उद्योगमा एक लाख ५० हजार जतिले रोजगारी पाएका छन् । ‘देशभरका इँटा उद्योगको क्षमता कम्तीमा तीन लाखलाई रोजगारी दिन सक्नेछ,’ चित्रकारले भने, ‘तर जति प्रयास गर्दा पनि श्रमिक भेट्न सकेका छैनौं।’

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोरखा २ को मतगणना रोचक भएपछि बाबुरामले लेखे यस्तो
गोरखा २ को मतगणना रोचक भएपछि बाबुरामले लेखे यस्तो
राष्ट्रियता, स्वाधिनता र अखण्डताको रक्षा अहिलेको महत्वपूर्ण विषय : भट्ट
राष्ट्रियता, स्वाधिनता र अखण्डताको रक्षा अहिलेको महत्वपूर्ण विषय : भट्ट
‘उहिलेको पोखरा’मा बाल्यकाल खोज्दै पोखरेली
गायक नारायण पौडेल र गायिका सविता ढुङगानाको तिजको  ‘साहै रमाइलो ’  ( हेर्नुहोस भिडियो )
गायक नारायण पौडेल र गायिका सविता ढुङगानाको तिजको  ‘साहै रमाइलो ’  ( हेर्नुहोस भिडियो )
भोलीदेखि संसारभर तेलको मुल्य बढ्दै
भोलीदेखि संसारभर तेलको मुल्य बढ्दै
भुवन केसीकी पूर्वपत्नी सुस्मितालाई चुम्बन गर्ने यी व्यक्ति को होलान् ?
भुवन केसीकी पूर्वपत्नी सुस्मितालाई चुम्बन गर्ने यी व्यक्ति को होलान् ?
विश्व मुटु दिवसमा नर्भिकमा अत्याधुनिक क्याथल्याब उद्घाटन
विश्व मुटु दिवसमा नर्भिकमा अत्याधुनिक क्याथल्याब उद्घाटन
मौन अवधिको मध्यरातमा राजेन्द्र महतो परे आक्रमणमा :राजपा
मौन अवधिको मध्यरातमा राजेन्द्र महतो परे आक्रमणमा :राजपा
Mostbet Portugal Pt Online Casino Revisão E Games De Azar
‘संसद्मा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्छ’ : बिजुक्छेँ
‘संसद्मा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्छ’ : बिजुक्छेँ

तपाईंले छुटाउनुभयो कि?