घोराही उपमहानगरपालिकाले छुट्यायो शहरी र ग्रामीण क्षेत्र
सारांश
- दाङ, २३ बैशाख ।
- घोराही उपमहानगरपालिकाले आफ्नो क्षेत्रका शहरी र ग्रामीण क्षेत्र छुट्याएको छ ।
- नगर कार्यपालिकाको बैठकले वडा नम्बर १४ र १५ लाई शहरी र अन्य १७ वटा वडाहरुलाई ग्रामीण क्षेत्र तोक्ने निर्णय गरेको छ ।
दाङ, २३ बैशाख । घोराही उपमहानगरपालिकाले आफ्नो क्षेत्रका शहरी र ग्रामीण क्षेत्र छुट्याएको छ । नगर कार्यपालिकाको बैठकले वडा नम्बर १४ र १५ लाई शहरी र अन्य १७ वटा वडाहरुलाई ग्रामीण क्षेत्र तोक्ने निर्णय गरेको छ ।
नगर क्षेत्रको सबै स्थानमा समान एवं सन्तुलित विकास गर्ने उद्देश्यले शहरी र ग्रामीण क्षेत्र घोषणा गरिएको प्रक्ता भरत अर्यालले जानकारी दिए । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले आर्थिक र सामाजिक क्रियाकलाप सञ्चालन गर्ने सरोकारवाला निकायलाई सोही अनुसार कार्यक्रम सञ्चालन गर्न प्रेरित गर्ने उद्देश्यले शहरी र ग्रामीण क्षेत्र निर्धारण गरिएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया