एक हप्ताभित्र वीर अस्पतालको सेवा सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १२, २०८०
|
|
४४ पटक हेरिएको
Shares
एक हप्ताभित्र वीर अस्पतालको सेवा सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

सारांश

  • काठमाडौँ ।
  • स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एक हप्ताभित्र बिरामीले महसुस हुने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् ।
  • आज वीर अस्पतालको आकस्मिक निरीक्षणपछि मन्त्री बस्नेतले अनलाइन टिकटको व्यवस्था, अस्पतालको सरसफाइ, शय्याबारे वेबसाइटमार्फत जानकारी र सघन उपचार कक्षमा शय्या थप्दै सेवा सहजरूपमा प्रवाह गर्न अस्पताललाई निर्देशन दिएका हुन् ।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एक हप्ताभित्र बिरामीले महसुस हुने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् ।

आज वीर अस्पतालको आकस्मिक निरीक्षणपछि मन्त्री बस्नेतले अनलाइन टिकटको व्यवस्था, अस्पतालको सरसफाइ, शय्याबारे वेबसाइटमार्फत जानकारी र सघन उपचार कक्षमा शय्या थप्दै सेवा सहजरूपमा प्रवाह गर्न अस्पताललाई निर्देशन दिएका हुन् ।

उनले भने, “वीर अस्पताल देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिनुपर्छ । एक हप्ताभित्र अनलाइन टिकट, फोहोर व्यवस्थापन, इमरजेन्सी र डाइलासिसमा शय्या थपेर सेवा सुधार गर्नुहोस् ।”

मन्त्री बस्नेतले वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको नौ शय्याको सघन उपचार कक्ष एक हप्ताभित्रै सञ्चालनमा ल्याउन अस्पताललाई निर्देशन दिए ।

उनले वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कार्यालय अवधिभर नबसे कारवाही गर्न चेतावनीसमेत दिए ।

“सुरुमा हामी चिकित्सकलाई कार्यालय समयमा निजी अस्पताल क्लिनिकमा नगइदिन अनुरोध गर्दछौं । तर हाम्रो अनुरोधलाई कमजोरी ठाने कारवाही गरिने छ”, उनले भने ।

मन्त्री बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का निमित्त उपकुलपति प्राडा भुपेन्द्र बस्नेत र वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाका विषयमा जानकारी दिएका थिए ।

न्याम्सका निमित्त उपकुलपति प्राडा बस्नेतले स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनअनुसार एक सातामा अस्पतालको सेवामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

विश्व स्वास्थ्य सङ्गठनको महासभामा भाग लिएर आजै बिहान काठमाडौँ आइपुगेका मन्त्री बस्नेतले वीर अस्पतालको अनुगमन गरेका हुन् ।

निरीक्षण टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, देवकुमारी गुरागाईं, अतिरिक्त सचिव डा सङ्गीता मिश्र र मन्त्रालयका अधिकारी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कक्षा १२ को नतिजा प्रकाशित, नतिजा यसरी हेर्न सकिन्छ !
कक्षा १२ को नतिजा प्रकाशित, नतिजा यसरी हेर्न सकिन्छ !
Complaint filed against John Abraham’s film ‘Satyameva Jayate’ for hurting ‘religious sentiments’
Complaint filed against John Abraham’s film ‘Satyameva Jayate’ for hurting ‘religious sentiments’
तरकारीको भाउ अचाक्ली बढ्यो, २० दिनमै २८९ प्रतिशत वृद्धि
तरकारीको भाउ अचाक्ली बढ्यो, २० दिनमै २८९ प्रतिशत वृद्धि
एमालेले  प्रदेश २  चुनावी अभियानमा  ६३ देखि ७४ जित्ने….
एमालेले प्रदेश २ चुनावी अभियानमा ६३ देखि ७४ जित्ने….
स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सिके राउत छुट्टै मधेश राज्य अभियानबाट अलग हुने
स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सिके राउत छुट्टै मधेश राज्य अभियानबाट अलग हुने
एमालेको घोषणापत्र सार्वजनिक, यस्ता छन् एमालेले गरेका २० ग्यारेन्टी
एमालेको घोषणापत्र सार्वजनिक, यस्ता छन् एमालेले गरेका २० ग्यारेन्टी
भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन : प्रधानमन्त्री
भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन : प्रधानमन्त्री
सभामुखले गरे झांगमु–तातोपानी र केरुङ–रसुवागढी नाका पुल पुनःनिर्माणको शिलान्यास
सभामुखले गरे झांगमु–तातोपानी र केरुङ–रसुवागढी नाका पुल पुनःनिर्माणको शिलान्यास
मकवानपुरमा प्रहरीद्वारा गाँजाको ब्याड नष्ट
मकवानपुरमा प्रहरीद्वारा गाँजाको ब्याड नष्ट
एन्फा प्रवक्ता राईको संयोजकत्वमा साफको प्रचार समिति गठन
एन्फा प्रवक्ता राईको संयोजकत्वमा साफको प्रचार समिति गठन