चितवनमा अघि-अघि प्रचण्ड पछ्याउँदै पाण्डे
सारांश
- चितवन क्षेत्र नं ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रता कायम रहेको छ ।
- दाहालले ४ हजार २१८ र राप्रपा (प्रजातान्त्रिक)का महामन्त्री विक्रम पाण्डेले २ हजार ४९० मत प्राप्त गरेका छन् ।
- पाण्डेले भन्दा दाहालले १ हजार ७२८ मत बढी ल्याएका छन्।
चितवन क्षेत्र नं ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रता कायम रहेको छ । दाहालले ४ हजार २१८ र राप्रपा (प्रजातान्त्रिक)का महामन्त्री विक्रम पाण्डेले २ हजार ४९० मत प्राप्त गरेका छन् ।
पाण्डेले भन्दा दाहालले १ हजार ७२८ मत बढी ल्याएका छन्। सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको छ ।
यसैगरी क्षेत्र नं २ मा चार हजार ७५६ मतगणना गर्दा एमालेका कृष्णभक्त पोखरेलले २ हजार ९७६ र नेपाली काँग्रेसका शेषनाथ अधिकारीले १ हजार ३८३ मत प्राप्त गरेका छन् । क्षेत्र नं २ मा एक लाख आठ हजार २१९ मतदाता रहेकामा ७७ हजार ४७६ मत खसेको छ ।
क्षेत्र नं १ मा छ हजार ३६० मतगणना हुँदा एमालेका सुरेन्द्रप्रसाद पाण्डेले तीन हजार ६७८ र काँग्रेसका राजेन्द्र बुर्लाकोटीले दुई हजार ४२० मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एक लाख २५ हजार ८२३ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको थियो ।
जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता छन् । समग्रमा जिल्लामा ७३।६२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिए।
प्रतिक्रिया