यस वर्षको एसईई परीक्षा तोकिएकै तालिका अनुसार सञ्चालन हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २६, २०८०
|
|
२३ पटक हेरिएको
Shares
यस वर्षको एसईई परीक्षा तोकिएकै तालिका अनुसार सञ्चालन हुने

सारांश

  • काठमाडौं।
  • यसबर्षको माध्यमिक शिक्षा परीक्षा तोकिएकै तालिका अनुसार चैत्र महिनाको पहिलो सातादेखि सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
  • जाजरकोट र रुकुम जिल्लामा आएको भूकम्पका कारण त्यहाँका बालबालिकाले पढ्न नपाएको भन्दै परीक्षा सर्छ की भन्ने हल्ला निराधार रहेको भनेको छ।

काठमाडौं। यसबर्षको माध्यमिक शिक्षा परीक्षा तोकिएकै तालिका अनुसार चैत्र महिनाको पहिलो सातादेखि सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

जाजरकोट र रुकुम जिल्लामा आएको भूकम्पका कारण त्यहाँका बालबालिकाले पढ्न नपाएको भन्दै परीक्षा सर्छ की भन्ने हल्ला निराधार रहेको भनेको छ।

भूकम्पका कारण ती दुई जिल्लामा कक्षा १० को परीक्षा दिने विद्यार्थीमध्ये करिब २ हजार ७ सय विद्यार्थी बढी प्रभावित भएपनि त्यहाँ पठनपाठन भैरहेको र विद्यार्थी तथा शिक्षकहरुले परीक्षामा सहभागी हुने बताएको पनि बोर्डले जनाएको छ।

शिक्षा पत्रकार सञ्जाल इजोनद्वारा बुधवार राजधानीमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले भूकम्पका कारण क्षतिग्रस्त बनेका विद्यालयमध्ये १-२ वटाको मात्र परीक्षा केन्द्र सार्नुपर्ने अवस्था देखिएको पनि बताए।

त्यस बखत कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस पटकको परीक्षामा रजिष्ट्रेशनका आधारमा ४ लाख ९० हजार परीक्षार्थी परीक्षामा सहभागी हुने बताए।

यसैगरि खुल्ला शिक्षाका र रजिष्ट्रेशन फारम भर्न बाँकी रहेका विद्यार्थीको संख्या आउन बाँकी रहेकाले परीक्षा दिने विद्यार्थी बढ्न सक्ने अनुमान कार्यालयले गरेको छ।

यस पटकको परीक्षामा नयाँ पाठ्यक्रम अनुसारको प्रश्नपत्र सोधिने भएको छ। जसअनुसार सम्पूर्ण विद्यालयहरुले नयाँ विशिष्टिकृत तालिका अनुसार पठनपाठन गराउनुपर्ने पनि बोर्डले जनाएको छ।

साथै यस पटकको परीक्षामा ननग्रेडींग पद्धति लागू हुने भएको छ। अर्थात् ३५ प्रतिशत भन्दा कम अंक ल्याउने विद्यार्थी अनुत्तिर्ण हुने व्यवस्था गर्न लागिएको पनि बोर्डले जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?