म्याग्दी तातोपानीमा बाढी आउँदा चार घर पुरिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
१६ पटक हेरिएको
Shares
म्याग्दी तातोपानीमा बाढी आउँदा चार घर पुरिए

सारांश

  • म्याग्दी, ३१ वैशाख- म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानी बजारमा आइतबार साँझ आएको बाढीले चार वटा घर पुरिएका छन् ।
  • ठूलो पानी परेपछि बजारमाथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा चार घर पूर्ण र तीन घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए ।
  • घर पुरिएपनि कुनै मानवीय क्षति भने भएको छैन ।

म्याग्दी, ३१ वैशाख- म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानी बजारमा आइतबार साँझ आएको बाढीले चार वटा घर पुरिएका छन् । ठूलो पानी परेपछि बजारमाथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा चार घर पूर्ण र तीन घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए । घर पुरिएपनि कुनै मानवीय क्षति भने भएको छैन ।

बढीले बालकृष्ण मिजारको एक तले, लट्टे गिरीको दुई तले, अकुमारी पुर्जाको दुई तले र ढावा शेर्पाको एक तले घरमा पूर्णरुपमा क्षति पुगेको छ । स्थानीयको कपडा पसल, स्टेशनरीमा समेत बाढी पसेर क्षति पु¥याएको छ भने केही होटल, घरमा समेत बाढी पसेको स्थानीयले बताएका छन् ।

बाढीबाट त्यहाँ रहेका एक दर्जन बढी घर प्रभावित भएका छन् । घरमा बाढी पसेपछि अन्नपात, लत्ताकपडालगायत घरायसी सामानमा क्षति पुगेको छ । प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले क्षतिको विवरण संकलन भैरहेको छ ।

दिउँसो ३ बजेदेखि भीषण पानी परेपछि बस्ती माथिको पाखोबाट आउने खहरेखोलामा बाढी आएपछि स्थानीयको भागाभाग भएको थियो । खोलालाई कुलोबाट निकास दिएर व्यवस्थापन गरेर क्षतिको विवरण संकलन भैरहेको छ ।

वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरो र खोल्सामा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?